दमकमा सानो प्रयास युवा समाजद्वारा शव वाहन सञ्चालन

दमक, ११ जेठ । सानो प्रयास युवा समाज दमकले शव वहान सेवा सञ्चालनमा ल्याएको छ । करिब १२ लाख रुपैयाँको लगानीमा खरिद गरिएको उक्त सवारी साधन दमक, कमल, उर्लाबारी लगायत आसपासका क्षेत्रमा सेवा दिने लक्ष्यका साथ सञ्चालनमा ल्याइएको हो । अन्य शव वहानको तुलनामा सहुलियत शुल्कमा सेवा प्रदान गरिने र आर्थिक रूपमा कमजोर परिवारहरूलाई विशेष [...] The post दमकमा सानो प्रयास युवा समाजद्वारा शव वाहन सञ्चालन appeared first on Jhapa Online.

May 25, 2025 - 07:57
 0
दमकमा सानो प्रयास युवा समाजद्वारा शव वाहन सञ्चालन

दमक, ११ जेठ । सानो प्रयास युवा समाज दमकले शव वहान सेवा सञ्चालनमा ल्याएको छ ।

करिब १२ लाख रुपैयाँको लगानीमा खरिद गरिएको उक्त सवारी साधन दमक, कमल, उर्लाबारी लगायत आसपासका क्षेत्रमा सेवा दिने लक्ष्यका साथ सञ्चालनमा ल्याइएको हो । अन्य शव वहानको तुलनामा सहुलियत शुल्कमा सेवा प्रदान गरिने र आर्थिक रूपमा कमजोर परिवारहरूलाई विशेष छुट दिइने समाजले जनाएको छ ।

संस्थाका अध्यक्ष छबि खतिवडाका अनुसार, गरिब तथा ठूला परिवारलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको उक्त सवारीमा ३० जना यात्रु अटाउन सक्ने सुविधा छ, जुन अन्य शव वहानको तुलनामा धेरै हो । यसले गर्दा अन्तिम संस्कारमा सहभागी परिवारका सदस्यहरूले अर्को सवारी साधनको आवश्यकता बिना एउटै सवारीमा यात्रा गर्न सक्ने छन् । सानो प्रयास युवा समाजले यसअघि पनि दमकमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइसकेको छ ।

The post दमकमा सानो प्रयास युवा समाजद्वारा शव वाहन सञ्चालन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register