नेविसंघ मोरङका जिल्ला सभापति पक्राउ
काठमाडौं। नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का मोरङ जिल्ला सभापति पक्राउ परेका छन् ।नेविसंघ जिल्ला सभापति सरोज पोखरेललाई प्रहरीले बुधबार बिहान पक्राउ परेका हुन् ।पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोग अध्यक्ष महेश दाहाललाई कालोमोसो दलेको र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सभापति पोखरेल लगायतले विश्वविद्यालयमा अराजकता भएको भन्दै सेवा आयोगका अध्यक्ष दाहालमाथि सोमबार कालोमोसो दलेर दुर्व्यवहार गरेका थिए। घटना बाहिरिएपछि चौतर्फी विरोध भइरहेको छ ।घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
What's Your Reaction?