अनेरास्ववियुमा ३२ वर्षे उमेर हद : ५ पदाधिकारी जोगिए, १२ जना बाहिरिने

काठमाडौं । नेकपा एमालेको विद्यार्थीहरूको भ्रातृ सङ्गठन अनेरास्ववियुमा ३२ वर्षको उमेर हद लगाउने निर्णय गरेको छ । केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले उमेरहद लगाएसँगै सङ्गठनको नेतृत्वमा ठूलो परिवर्तन ल्याउने देखिएको छ । उमेर हदको यो निर्णयले अनेरास्ववियुका बहुसङ्ख्यक पदाधिकारी बिदा हुनेछन् । नागरिकताको जन्म मिति अनुसार हाल सङ्गठनका १७ पदाधिकारीमध्ये केवल ५ जना मात्रै […]

May 25, 2025 - 15:41
 0
अनेरास्ववियुमा ३२ वर्षे उमेर हद : ५ पदाधिकारी जोगिए, १२ जना बाहिरिने

काठमाडौं । नेकपा एमालेको विद्यार्थीहरूको भ्रातृ सङ्गठन अनेरास्ववियुमा ३२ वर्षको उमेर हद लगाउने निर्णय गरेको छ । केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले उमेरहद लगाएसँगै सङ्गठनको नेतृत्वमा ठूलो परिवर्तन ल्याउने देखिएको छ ।

उमेर हदको यो निर्णयले अनेरास्ववियुका बहुसङ्ख्यक पदाधिकारी बिदा हुनेछन् । नागरिकताको जन्म मिति अनुसार हाल सङ्गठनका १७ पदाधिकारीमध्ये केवल ५ जना मात्रै ३२ वर्षमुनिका रहेको अनेरास्ववियुका एक पदाधिकारी बताउँछन् ।

३२ वर्षे उमेर हदले अध्यक्ष समिक बडालसहित उपाध्यक्षहरू गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट, महासचिव नरेश रोकायालगायत बहुसङ्ख्यक नेता यस नियमका कारण सङ्गठनबाट बाहिरिनुपर्नेछ ।

वर्तमान १० सचिवहरू अञ्जना सिवाकोटी, आरती भट्टराई, विनिता काफ्ले, आशीर्वाद सुवेदी, डा. सुजन कडरिया, दीपेश प्रसाईं, दीपक धामी, प्रकाश पौडेल, सञ्जीव धिताल र मनोज ताम्ली लिम्बू छन् । कोषाध्यक्ष सङ्गम अर्याल छन्। यीमध्य पाँच जना मात्र आगामी महाधविशेनमा उम्मेदवार हुन पाउनेछन् ।  सचिवहरू आरती भट्टराई, दीपक धामी, प्रकाश पौडेल, अञ्जना सिवाकोटी र डा. सुजन कडरियाको उमेर बाँकी छ ।

त्यस्तै : देशभरका सात प्रदेशका अतिरिक्त ‘उपत्यका विशेष’ नामक एक अतिरिक्त प्रदेश छ । विशाल न्यौपाने उपत्यका विशेषका अध्यक्ष हुन्।

प्रदेश स्तरका अध्यक्षहरूमा कोशीका जीबी गजल, मधेशका आरपी अधिकारी यादव, बागमतीका लालबहादुर बुढाथोकी, गण्डकीका प्रवीण श्रेष्ठ, लुम्बिनीका सन्तोष बाठा, कर्णालीका राजेश ओली र सुदूरपश्चिमका मनोज राई छन् ।

तर, उमेर हद लागू भएपछि यीमध्ये केवल कर्णालीका राजेश ओली मात्रै बाँकी रहने एक पदाधिकारीले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register