लिङ्देनको दाबी : जेठ १५ देखिको आन्दोलनबाट सरकारले घुँडा टेक्छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गतेदेखि सुरु गर्ने आन्दोलनबाट सरकारले घुँडा टेक्ने दाबी गरेका छन् । गोकर्णेश्वर– ३ तारेभीरमा आइतबार आयोजित आन्दोलन लक्षित अगुवा कार्यकर्ता भेलामा उनले हिन्दू राष्ट्र र संधानिक राजतन्त्रको पक्षको आन्दोलन भएरै छोड्ने बताए । जेठ १५ को आन्दोलन शान्तिपूर्ण हुने जानकारी दिँदै लिङ्देनले बरु सरकारले […]

May 25, 2025 - 16:08
 0
लिङ्देनको दाबी : जेठ १५ देखिको आन्दोलनबाट सरकारले घुँडा टेक्छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गतेदेखि सुरु गर्ने आन्दोलनबाट सरकारले घुँडा टेक्ने दाबी गरेका छन् ।

गोकर्णेश्वर– ३ तारेभीरमा आइतबार आयोजित आन्दोलन लक्षित अगुवा कार्यकर्ता भेलामा उनले हिन्दू राष्ट्र र संधानिक राजतन्त्रको पक्षको आन्दोलन भएरै छोड्ने बताए ।

जेठ १५ को आन्दोलन शान्तिपूर्ण हुने जानकारी दिँदै लिङ्देनले बरु सरकारले दमन गर्ला कि भन्ने आशंका गरे ।

‘आन्दोलन हाम्रो रहर होइन, यो त देशको आवश्यकता र जनताको माग हो । हामी शान्तिपूर्ण आन्दोलन गर्छौं,’ उनले भने, ‘सरकारले दमन गर्ने कोसिस गरेमा मानवअधिकार उल्लंघन गरेको आरोपमा अन्तर्राष्ट्रिय रुपमै यो सरकारलाई नङ्ग्याउने छौं ।’

नेपालमा दिनानुदिन गणतन्त्र असफल भएको, गणतन्त्रवादी नेताहरू भ्रष्ट हुँदै गएको तथा देश र जनताको हितका लागि नेपालमा संवैधानिक राजतन्त्र आवश्यक रहेकोमा लिङ्देनले जोड दिए ।

‘हामी १५ गतेदेखि देशभरबाट लाखांै मानिस काठमाडौंको सडकमा उतार्छौ । ती जनसमुदायको दबाबमा यो ब्यवस्थाले पक्कै घुँडा टेक्नेछ,’ उनले थपे ।

रास्वपालाई राप्रपाको साथ, ज्ञानेन्द्र शाही भन्छन्– गृहमन्त्रीको मात्र होइन प्रधानमन्त्रीको समेत राजीनामा माग्छौं

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register