गृहमन्त्रीबारे सचिवालय बैठकमा ओली : कर्मचारीको गल्तीमा राजीनामा दिँदै हिँड्दा मन्त्रालय चल्दैन

काठमाडौं ।  अध्यागमनमा सेटिङमार्फत मानवतस्करी प्रकरणमा विवादित बनेका गृहमन्त्री रमेश लेखकको बचाउमा नेकपा एमाले उत्रिएको छ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले कर्मचारीले गल्ती गर्दै मन्त्री भागिदार हुननसक्ने बताएका छन् । एमाले सचिवालय बैठकमा गृहमन्त्रीको प्रसंग उप्काउँदै ओलीले गल्ती गर्ने कर्मचारीले नै सजाय पाउने बताएका हुन् । ‘मन्त्रालयको कर्मचारीले गलत काम गर्दैमा […]

May 25, 2025 - 16:08
 0
गृहमन्त्रीबारे सचिवालय बैठकमा ओली : कर्मचारीको गल्तीमा राजीनामा दिँदै हिँड्दा मन्त्रालय चल्दैन

काठमाडौं ।  अध्यागमनमा सेटिङमार्फत मानवतस्करी प्रकरणमा विवादित बनेका गृहमन्त्री रमेश लेखकको बचाउमा नेकपा एमाले उत्रिएको छ ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले कर्मचारीले गल्ती गर्दै मन्त्री भागिदार हुननसक्ने बताएका छन् । एमाले सचिवालय बैठकमा गृहमन्त्रीको प्रसंग उप्काउँदै ओलीले गल्ती गर्ने कर्मचारीले नै सजाय पाउने बताएका हुन् ।

‘मन्त्रालयको कर्मचारीले गलत काम गर्दैमा मन्त्री भागिदार हुनु हुँदैन । कुनै कर्मचारीले गल्ती गर्‍यो भने राजीनामा दिँदै हिड्ने हो भने मन्त्रालय चल्दैन । दोषी यदि देखिनु भयो भने कानुनी रूपमा कारबाही हुन्छ । अहिले नै उहाँलाई दोषी भन्न मिल्दैन,’ ओलीको भनाइ उद्दृत गर्दै एमाले सचिव लेखराज भट्टले बताए ।

ओलीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताबारे अनुसन्धान हुने बताए । बैठकबारे जानकारी दिँदै एमाले महासचिव शंकर पोखरलेले सञ्चार माध्यम र सामाजिक सञ्जालमा भएका टिप्पणीका आधारमा फैसला नहुने उल्लेख गरे । ‘नेकपा एमाले भ्रष्टाचारविरुद्ध, सुशासनको पक्षमा छ । कुनै पनि विषयमा अनुसन्धान गर्ने निकाय छन् । अनुसन्धान गर्ने निकायले अनुसन्धान गर्छन् । दोषी देखिए कारबाहीमा पर्छन्,’ उनले भने, ‘सञ्चार माध्यम र सोसल मिडियामा के टिप्पणी भयो भन्ने कुराले फैसला हुँदैन ।’

आरोप लगाउने विषयले सबैको कुराक निर्धारण नहुने उनको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register