मौद्रिक नीतिको समिक्षापछि दुई थरी लगानीकर्ताका दुईथरी दाउ !

काठमाडौँ । मौद्रिक नीतिको समीक्षामा सेयर कर्जाको जोखिम भार घटेर आएपपछि यतिबेला सेयर लगानीकर्ता उत्साहित छन् । अधिकांश लगानीकर्ताले यसलाई अबको बुलको अर्को प्रस्तान बिन्दुका रुपमा लिएका छन् । तर, यही समयमा बजारमा दुईथरी लगानीकर्ताका दुईथरी मनोविज्ञान देखिएको छ । एकथरी लगानीकर्ता अब पाएसम्म सेयर किन्ने र सेयर कर्जाको जोहो गर्ने लाइनमा छन् भने अर्काथरी […]

May 26, 2025 - 04:59
 0
मौद्रिक नीतिको समिक्षापछि दुई थरी लगानीकर्ताका दुईथरी दाउ !

काठमाडौँ । मौद्रिक नीतिको समीक्षामा सेयर कर्जाको जोखिम भार घटेर आएपपछि यतिबेला सेयर लगानीकर्ता उत्साहित छन् । अधिकांश लगानीकर्ताले यसलाई अबको बुलको अर्को प्रस्तान बिन्दुका रुपमा लिएका छन् ।

तर, यही समयमा बजारमा दुईथरी लगानीकर्ताका दुईथरी मनोविज्ञान देखिएको छ । एकथरी लगानीकर्ता अब पाएसम्म सेयर किन्ने र सेयर कर्जाको जोहो गर्ने लाइनमा छन् भने अर्काथरी लगानीकर्ता बढेको समयमा आफ्नो घाटा रिकभर गर्न वा नाफा बुक गर्ने तयारीमा छन् ।

नयाँ गभर्नरको नियुक्तिका समयमा पनि बजारमा यस्तै दृश्य देखिएको थियो । सो दिन सुरुवातमा ह्वात्तै बढेको थियो भने पछि बजार घटेर बन्द भएको थियो । सुरुमा सेयर किन्ने लगानीकर्ता हाबी भए पनि पछिल्लो समय नाफा बुक गर्ने लगानीकर्ता हावी हुँदा बजार घटेर बन्द भएको थियो ।

सोमबारको बजारमा पनि एकथरी लगानीकर्ताले पोजेटिभ सर्किटको आशा राखेका छन् भने अर्काथरी लगानीकर्ताले गभर्नर नियुक्तिकै दिनजस्तो दृश्य देखिनसक्ने दाबी गरेका छन् । यध्यपी अवको बजार अब माथि नै जानेमा दुबैथरी लगानीकर्ताले आशा राखेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register