टर्किएको भ्रमण पूरा गरेर इरान पुगे पाकिस्तानी प्रधानमन्त्री शरिफ

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफ टर्किएको भ्रमण पूरा गरेर इरानको राजधानी तेहरान पुगेका छन् । आफ्नो औपचारिक भ्रमणको क्रममा प्रधानमन्त्री शरिफले इरानको शीर्ष नेतृत्वलाई भेट्नेछन् । शरिफको टर्किए भ्रमणको उद्देश्य टर्कीका जनता र विशेषगरी राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई हालैको भारत–पाकिस्तान तनावको समयमा उनीहरूको बलियो सहयोग र समर्थनको लागि धन्यवाद दिए । अहिले शरिफ इरानमा […]

May 26, 2025 - 17:13
 0
टर्किएको भ्रमण पूरा गरेर इरान पुगे पाकिस्तानी प्रधानमन्त्री शरिफ

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफ टर्किएको भ्रमण पूरा गरेर इरानको राजधानी तेहरान पुगेका छन् ।

आफ्नो औपचारिक भ्रमणको क्रममा प्रधानमन्त्री शरिफले इरानको शीर्ष नेतृत्वलाई भेट्नेछन् ।

शरिफको टर्किए भ्रमणको उद्देश्य टर्कीका जनता र विशेषगरी राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई हालैको भारत–पाकिस्तान तनावको समयमा उनीहरूको बलियो सहयोग र समर्थनको लागि धन्यवाद दिए ।

अहिले शरिफ इरानमा छन् । भारत–पाकिस्तान विवाद समाधान गर्ने प्रयास गर्ने देशहरूमा इरान पनि समावेश छ ।

यसैबीच, पाकिस्तान सरकारले पूर्वविदेशमन्त्री तथा पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जरदारीको नेतृत्वमा एक प्रतिनिधिमण्डल लन्डन, वासिङ्टन र ब्रसेल्स पठाउने संकेत गरेको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार यो प्रतिनिधिमण्डलले ’विश्वव्यापी स्तरमा भारतको प्रचार र कुरुप षड्यन्त्रहरूको पर्दाफास गर्नेछ ।’

अर्कोतर्फ, भारत सरकारले यस सम्बन्धमा अन्तर्राष्ट्रियस्तरमा व्यापक कूटनीतिक अभियान चलाउँदै आएको छ ।

यसका लागि भारत सरकारले अमेरिका, युरोप, अफ्रिका र मध्यपूर्वका देशहरूमा संसदीय प्रतिनिधिमण्डल पठाउँदै छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register