अन्नपूर्ण आधार शिविरमा पर्यटकको ‘गुलजार’ (तस्वीरहरू)

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने अन्नपूर्ण हिमाल आधार शिविर जाने पर्यटकको चहलपहल बढेको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकका कारण आधार शिविर गुलजार बनेको हो । आरोहीहरू आधार शिविर क्षेत्रमा टेन्ट टाँगेर बसेका छन् । आरोहण टोलीका साथै आन्तरिक पर्यटकको पनि […]

May 28, 2025 - 05:31
 0
अन्नपूर्ण आधार शिविरमा पर्यटकको ‘गुलजार’ (तस्वीरहरू)

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने अन्नपूर्ण हिमाल आधार शिविर जाने पर्यटकको चहलपहल बढेको छ ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकका कारण आधार शिविर गुलजार बनेको हो ।

आरोहीहरू आधार शिविर क्षेत्रमा टेन्ट टाँगेर बसेका छन् । आरोहण टोलीका साथै आन्तरिक पर्यटकको पनि आधार शिविरमा आगमन सुरु भएको नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङले जानकारी दिए ।

समुन्द्र सतहदेखि चार हजार एक सय मिटर उचाइमा रहेको आधार शविरिमा आरोहीका साथै घुमघामका लागि आन्तरिक पर्यटक पनि आउने गर्छन् ।

मिस्त्री खोलाको किनारै–किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति र वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ । नारच्याङदेखि दुई घण्टा गाडीमा यात्रा गरेपछि पुगिने हुमखोलादेखि दुई दिनमा आधार शिविर पुग्न सकिन्छ ।

छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा परेको छ । अन्नपूर्ण हिमालको फेदीमा रहेको नीलो रंगको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो ।

तस्वीरहरू :

default

default
default

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register