भोलि कुनै घटना भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ – ज्ञानेन्द्र शाही

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जेठ १५ गते बिहीबार आफूहरुले गर्ने कार्यक्रममा हिंसा भए त्यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन् । बुधबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने भन्दै कुनै पनि अप्रिय घटना भए त्यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने बताएका हुन् । उनले संविधानको उल्लंघन गर्दै प्रधानमन्त्रीले आफूहरु लक्षित […]

May 28, 2025 - 09:55
 0
भोलि कुनै घटना भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ – ज्ञानेन्द्र शाही

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जेठ १५ गते बिहीबार आफूहरुले गर्ने कार्यक्रममा हिंसा भए त्यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन् ।

बुधबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने भन्दै कुनै पनि अप्रिय घटना भए त्यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने बताएका हुन् ।

उनले संविधानको उल्लंघन गर्दै प्रधानमन्त्रीले आफूहरु लक्षित उत्तेजक भाषण दिएर मान्छे भिडाएर युद्ध गर्न खोजेको आरोप लगाए ।

शान्तिबाटीकामा आफूहरुको कार्यक्रम शान्तिपूर्ण हुने शाही बताउँछन् । शाहीले आफूहरुको आन्दोलन सडक र सदनबाट निरन्तर अघि बढ्नेसमेत उल्लेख गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register