२० खर्ब बढीको बजेट ल्याउने सरकारको तयारी 

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि २० खर्ब बढीको बजेट ल्याउने तयारी गरेको छ । दुई पार्टी मिलेर बनेको सरकारले दुवै पार्टीको ‘इन्ट्रेस्ट’का आयोजनाहरुलाई ठाउँ दिनुपर्ने भएपछि २० खर्ब बढीको बजेट ल्याउने तयारी गरेको हो ।  अर्थ मन्त्रालय स्रोतका अनुसार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेटको आकार २० खर्ब ८८ अर्ब २१ करोड […]

May 28, 2025 - 12:14
 0
२० खर्ब बढीको बजेट ल्याउने सरकारको तयारी 

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि २० खर्ब बढीको बजेट ल्याउने तयारी गरेको छ । दुई पार्टी मिलेर बनेको सरकारले दुवै पार्टीको ‘इन्ट्रेस्ट’का आयोजनाहरुलाई ठाउँ दिनुपर्ने भएपछि २० खर्ब बढीको बजेट ल्याउने तयारी गरेको हो । 

अर्थ मन्त्रालय स्रोतका अनुसार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेटको आकार २० खर्ब ८८ अर्ब २१ करोड पुग्ने अनुमान गरिएको छ । 

यसो त राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा रहेको स्रोत समितिले आगामी आर्थिक वर्षको बजेटका लागि १९ खर्ब रुपैयाँको सिलिङ दिएको थियो । तर, बजेटको आकार समितिले दिएको सिलिङ भन्दा माथि जाने देखिएको छ ।

यद्यपि अझै पनि बजेटको आकार घटाउने प्रयास भइरहेको बताइएको छ । तर, दुई ठूला दलहरुको कार्यक्रमलाई बजेटमा राख्नुपर्दा बजेटको आकार बढ्ने पक्का देखिएको स्रोतका दाबी छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register