साना किसान विकास लघुवित्तले १४ प्रतिशत लाभांश दिने

काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले १४ प्रतिशत लाभांश प्रदान गर्ने भएको छ । संस्थाको २३ औँ वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेम बहादुर पाठकले प्रस्ताव गरेको १३.३ प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश ०.७ प्रतिशत गरी १४ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको हो । […]

Jan 8, 2025 - 06:18
 0
साना किसान विकास लघुवित्तले १४ प्रतिशत लाभांश दिने

काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले १४ प्रतिशत लाभांश प्रदान गर्ने भएको छ ।

संस्थाको २३ औँ वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेम बहादुर पाठकले प्रस्ताव गरेको १३.३ प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश ०.७ प्रतिशत गरी १४ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको हो ।

लघुवित्तले आर्थिक वर्ष २०७९/८० मा रु. ७७ करोड ३५ लाख खुद मुनाफा रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा १९.१८ प्रतिशतले वृद्धि भई नाफा रु. ९२ करोड १९ लाख पुगेको छ ।

यसैगरी आर्थिक वर्ष २०७९/८० मा कुल सञ्चालन आम्दानी रु.१ अर्ब ६६ करोड ९५ लाख रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा ३१ प्रतिशतले वृद्धि भई रु.२ अर्ब १९ करोड ४१ लाख पुगेको छ ।

लघुवित्तको देशका ७७ जिल्लाका ५४६ स्थानीय तहहरुमा जम्मा १६९२ साझेदार संस्था आवद्ध रहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register