नख्खु कारागारबाट छुटे मोहम्मद अफताव आलम

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलम कारागारबाट छुटेका छन् । उच्च अदालत जनकपुरधाम वीरगञ्ज अस्थायी इजलासको फैसलापछि उनी कारागारमुक्त भएका हुन् । वीरगञ्ज अदालतबाट सफाइको पत्र प्राप्त भएसँगै उनलाई कारागारबाट छाडिएको नख्खु कारागार प्रशासनले जनाएको छ । २०६४ को चैत २७ गते बम विस्फोटमा घाइते भएका दुई जनालाई इँटाभट्टामा पोलेर हत्या गरेको आरोप […]

May 28, 2025 - 16:09
 0
नख्खु कारागारबाट छुटे मोहम्मद अफताव आलम

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलम कारागारबाट छुटेका छन् । उच्च अदालत जनकपुरधाम वीरगञ्ज अस्थायी इजलासको फैसलापछि उनी कारागारमुक्त भएका हुन् । वीरगञ्ज अदालतबाट सफाइको पत्र प्राप्त भएसँगै उनलाई कारागारबाट छाडिएको नख्खु कारागार प्रशासनले जनाएको छ ।

२०६४ को चैत २७ गते बम विस्फोटमा घाइते भएका दुई जनालाई इँटाभट्टामा पोलेर हत्या गरेको आरोप आलममाथि थियो । जिल्ला अदालतले सो आरोप ठहर गरी जन्मकैदको फैसला गरेको थियो । तर, उच्च अदालतले भने उनीमाथि लगाइएका आरोप पुष्टि हुने कुनै पनि प्रमाण पेस नभएको भन्दै जिल्लाको फैसलालाई उल्ट्याएर सफाइ दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register