युनले अस्वीकार गरे सोधपुछका क्रममा बोल्न

काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलले सैनिक शासनको असफल प्रयासबारे अनुसन्धानकर्ताको सोधपुछलाई शुक्रबार फेरि अस्वीकार गरेका छन् । युनविरुद्ध महाभियोग लगाउने समयसीमा नजिकिँदै गर्दा उनले अनुसन्धान प्रक्रियामा सोधपुछका क्रममा बोल्न अस्वीकार गरेका हुन् । युनले डिसेम्बर ३ मा ‘राज्य विरोधी तत्वहरू’ को धम्कीको सामना गर्न आवश्यक रहेको भन्दै ‘मार्शल ल’ घोषणा गरेका […]

Jan 17, 2025 - 09:08
 0
युनले अस्वीकार गरे सोधपुछका क्रममा बोल्न

काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलले सैनिक शासनको असफल प्रयासबारे अनुसन्धानकर्ताको सोधपुछलाई शुक्रबार फेरि अस्वीकार गरेका छन् ।

युनविरुद्ध महाभियोग लगाउने समयसीमा नजिकिँदै गर्दा उनले अनुसन्धान प्रक्रियामा सोधपुछका क्रममा बोल्न अस्वीकार गरेका हुन् ।

युनले डिसेम्बर ३ मा ‘राज्य विरोधी तत्वहरू’ को धम्कीको सामना गर्न आवश्यक रहेको भन्दै ‘मार्शल ल’ घोषणा गरेका थिए । विपक्षी सांसद र जनप्रदर्शनपछि उक्त घोषणा केही घण्टामा नै फिर्ता भएको थियोे ।

राष्ट्रपतिको उक्त कदमले देशलाई अराजकतातर्फ धकेलेको छ ।

उनले संसद्‌मा हस्तक्षेप गरी मार्शल ल अस्वीकार गर्न संसद्‌मा मतदान हुनबाट रोक्न असफल भएपछि उनको घोषणा केवल छ घण्टामा नै विफल भएको थियो ।

त्यसपछिका हप्ताहरूमा युनलाई संसद्ले महाभियोग लगाएको थियो र हिरासतमा लिने दक्षिण कोरियाको पहिलो बहालवाला राष्ट्रपति हुनुअघि उनको संरक्षित निवासमा लुकेर गिरफ्तारीको विरोध गरिएको थियो ।

उनको निवासमा छापा मार्दा बुधबार बिहान पक्राउ पुर्जी जारी गरिएको थियो । पक्राउ पूर्जीमा युनलाई केवल ४८ घण्टाको लागि हिरासतमा राख्न अनुमति दिइएको थियो ।

अनसन्धानकर्ताहरूले शुक्रबार उनको हिरासतको बसाइँलाई लम्बाउन नयाँ पक्राउ पूर्जी माग्ने अपेक्षा गरिएको छ जसले सम्भवतः उनलाई २० दिनको लागि हिरासतमा राख्न आदेश दिनसक्ने अनुमान गरिएको छ । यसले अभियोजनकर्ताहरूलाई उनीविरुद्ध अभियोगलाई औपचारिक रूप दिन समय दिनेछ ।

भ्रष्टाचार अनुसन्धान कार्यालयले उनीमाथि विद्रोहको सम्भावित अभियोगमा अनुसन्धान गरिरहेको छ र अभियोग प्रमाणित भएमा उनलाई आजीवन कारावास वा मृत्युदण्डको सजाय हुनसक्छ ।

यदि शुक्रबार नयाँ वारेन्ट दायर गरियो भने युनलाई कम्तीमा पनि अदालतमा सुनुवाइ नहुञ्जेल र सप्ताहन्तमा यसको अनुमोदनका लागि फैसला नभएसम्म हिरासतमा राखिनेछ । यदि सुनुवाइपछि अदालतले यसलाई अस्वीकार गर्यो भने उनी रिहा हुनेछन् ।

सीआईओले स्थानीय समयअनुसार शुक्रबार बिहान १० बजे युनलाई सोधपुछका लागि बोलाएको थियो तर उनका वकिल युन कब क्युनले एएफपीलाई बताएअनुसार उनले लगातार दोस्रो दिन पनि उपस्थित हुन अस्वीकार गरेका थिए ।

सीआईओका अधिकारीहरूले एएफपीको अनुरोधको तत्काल जवाफ दिएनन् ।

अर्का वकिल सिओक डोङ–ह्योनले शुक्रबार पत्रकारहरूलाई भने, “युनले अनुसन्धानकर्ताहरूलाई आफ्नो स्थितिबारे बताइसक्नुभएको छ ।उनीहरूका प्रश्नहरूको जवाफ दिनुपर्ने कुनै कारण छैन ।”

डोङ–ह्योनले भने, “राष्ट्रपति आज सीआईओमा उपस्थित हुनुहुने छैन । उहाँले पहिलो दिन नै अनुसन्धानकर्तासमक्ष आफ्नो आधारभूत धारणा पर्याप्त रूपमा व्यक्त गर्नुभएको छ ।”

युनलाई बुधबार घन्टौं सम्म सोधपुछ गरिएको थियो तर अर्को दिन सोधपुछका लागि उपस्थित हुन इन्कार गर्नुअघि उनले आफ्नो ‘मौन बस्न पाउने अधिकार’ को प्रयोग गरेका थिए । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register