कोशी लोकमार्ग अवरुद्ध

विराटनगर । अविरल वर्षासँगै आएको बाढीले कोशी लोकमार्गको केही सडक खण्डमा क्षति पुर्‍याएपछि यातायात अवरुद्ध भएको छ । लेउती खोलामा आएको बाढीले कोशी लोकमार्गको धनकुटा साँगुरीगढी गाउँपालिका– ६ फेदी भन्ने स्थानमा सडक बगाएपछि यातायात अवरुद्ध भएको हो ।लेउती खोलामा आएको बाढीले करिब १०० मिटर कालोपत्रे सडक बगेपछि दुवै तर्फका सवारी साधन रोकिएको जिल्ला प्रहरी कार्यालय […]

May 31, 2025 - 04:23
 0
कोशी लोकमार्ग अवरुद्ध

विराटनगर ।

अविरल वर्षासँगै आएको बाढीले कोशी लोकमार्गको केही सडक खण्डमा क्षति पुर्‍याएपछि यातायात अवरुद्ध भएको छ । लेउती खोलामा आएको बाढीले कोशी लोकमार्गको धनकुटा साँगुरीगढी गाउँपालिका– ६ फेदी भन्ने स्थानमा सडक बगाएपछि यातायात अवरुद्ध भएको हो ।लेउती खोलामा आएको बाढीले करिब १०० मिटर कालोपत्रे सडक बगेपछि दुवै तर्फका सवारी साधन रोकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

कोशी लोकमार्गको धनकुटा सांगुरिगढी–६ नमस्ते झरना छेउ खण्डमा रुख लडेर सडक अवरुद्ध भएको छ ।रुख हटाएर सडक भने खुलाएको छ । वर्षाकै कारण तमोर करिडोको सडकपनि अवरुद्ध भएको छ ।छरुवा खोलमामा आएको बाढीका कारण धनकुटाको चौबिसे गाउँपालिका– ४ खण्ड अवरुद्ध भएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register