राजसंस्था पक्षधर आन्दोलनकारीमाथि प्रहरीको लाठीचार्ज, कमल थापालाई घिसार्दै भ्यानमा राखियो (तस्वीरहरू)

काठमाडौं । राजसंस्था पक्षधर आन्दोलनकारीलाई प्रहरीले आइतबार नक्सालस्थित नारायणचौरमा लाठीचार्ज गरेको छ । यस क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापासहित केहीक आन्दोलनकारी पक्राउ परेका छन् । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापालाई तानेर सडकमा घिसार्दै प्रहरीको भ्यानमा राखिएको थियो । जुलुस लिएर बालुवाटार जाने क्रममा थापासहितका व्यक्ति पक्राउ परेका थिए । नारायणहिटी क्षेत्रमा निषेधित क्षेत्र तोकिएपछि राजसंस्था पक्षधरहरूले […]

Jun 1, 2025 - 11:43
 0
राजसंस्था पक्षधर आन्दोलनकारीमाथि प्रहरीको लाठीचार्ज, कमल थापालाई घिसार्दै भ्यानमा राखियो (तस्वीरहरू)

काठमाडौं । राजसंस्था पक्षधर आन्दोलनकारीलाई प्रहरीले आइतबार नक्सालस्थित नारायणचौरमा लाठीचार्ज गरेको छ ।

यस क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापासहित केहीक आन्दोलनकारी पक्राउ परेका छन् ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापालाई तानेर सडकमा घिसार्दै प्रहरीको भ्यानमा राखिएको थियो ।

जुलुस लिएर बालुवाटार जाने क्रममा थापासहितका व्यक्ति पक्राउ परेका थिए ।

नारायणहिटी क्षेत्रमा निषेधित क्षेत्र तोकिएपछि राजसंस्था पक्षधरहरूले आइतबार नारायणचौरमा प्रदर्शन गरेका हुन् ।

नारायणचौरबाट प्रधानमन्त्री निवास बालुवाटारतर्फ अघि बढ्ने क्रममा प्रहरीसँग झडपसमेत भएको छ ।

प्रहरीले लाठीचार्ज गर्दा केही कार्यकर्ताको टाउकोमा चोट लागेको छ ।

तस्वीरहरू : 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register