एकजना पनि यात्रु नभएपछि टरिगाउँमा आएन जहाज
तुलसीपुर । तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा बिहीबार एकजना पनि यात्रु नपाएपछि जहाज सेवा अवरुद्ध भएको छ । गत सोमबारदेखि हवाई सेवा सुरु भएको थियो । बिहीबार पनि जहाज आउने तालिका थियो । तर, तुलसीपुरबाट एकजना पनि यात्रुले टिकट काटेका थिएनन् । काठमाडौंबाट पनि तीन जनाले मात्र टिकेट काटेका थिए । यात्रु नभएपछि बिहीबारको उडान अवरुद्ध भएको […]

तुलसीपुर । तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा बिहीबार एकजना पनि यात्रु नपाएपछि जहाज सेवा अवरुद्ध भएको छ । गत सोमबारदेखि हवाई सेवा सुरु भएको थियो । बिहीबार पनि जहाज आउने तालिका थियो । तर, तुलसीपुरबाट एकजना पनि यात्रुले टिकट काटेका थिएनन् ।
काठमाडौंबाट पनि तीन जनाले मात्र टिकेट काटेका थिए । यात्रु नभएपछि बिहीबारको उडान अवरुद्ध भएको एअरलाइन्सका स्टेसन इन्चार्ज बलबहादुर सुनारले जानकारी दिए । तीन महिना सेवा अवरुद्ध भएपछि सोमबारदेखि सेवा सुरु भएको हो । हालको भाडा न्यूनतम सात हजार १०० रुपैयाँ मात्र कायम गरिएको छ । नियमित भाडा रु आठ हजार ७७५ भए पनि हाललाई सात हजार १०० रुपैयाँ मात्र कायम गरिएको छ ।
टरिगाउँमा नियमित हवाई सेवा नहुँदा यात्रुहरू नेपालगञ्ज वा भैरहवा जानुपर्ने अवस्था छ । विमानस्थलको धावनमार्ग पनि सानो हुँदा ठूला जहाज बस्न सकेको छैनन् । अहिले १९ सिटे जहाज मात्र बस्दा पनि अनियमित हुने हुँदा यात्रुहरू भैरहवा वा नेपालगञ्ज जानुपर्ने अवस्था छ । हाल विमानस्थलको धावनमार्ग ७५० मिटर छ । उक्त धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटकपटक उठ्ने गरेको छ । उक्त विमानस्थल २०११ सालमा स्थापना भएको हो । -रासस
What's Your Reaction?






