सातबुँदे मागसहित सार्वजनिक यातायात बचाऊ संघर्ष समिति प्रदर्शनमा (तस्वीरहरू)

काठमाडौं । सार्वजनिक यातायात बचाऊ संघर्ष समितिले आइतबार माइतीघरमा विरोध प्रदर्शन गरेको छ । यातायातसम्बन्धी सात बुँदे माग पूरा गराउनका लागि सरकारलाई दबाब सिर्जना गर्न विरोध प्रदर्शन गरिएको हो । समितिले विदेशी एप्लिकेसनमार्फत निजी दुई पाङ्ग्रे र चार पाङ्ग्रे सावारीसाधनले गैरकानुनी रुपमा आफूखुसी भाडा तोकेर सेवा दिइरहेको कार्य तत्काल बन्द गर्न माग गरेको छ । […]

Jun 1, 2025 - 11:43
 0
सातबुँदे मागसहित सार्वजनिक यातायात बचाऊ संघर्ष समिति प्रदर्शनमा (तस्वीरहरू)

काठमाडौं । सार्वजनिक यातायात बचाऊ संघर्ष समितिले आइतबार माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।

यातायातसम्बन्धी सात बुँदे माग पूरा गराउनका लागि सरकारलाई दबाब सिर्जना गर्न विरोध प्रदर्शन गरिएको हो ।

समितिले विदेशी एप्लिकेसनमार्फत निजी दुई पाङ्ग्रे र चार पाङ्ग्रे सावारीसाधनले गैरकानुनी रुपमा आफूखुसी भाडा तोकेर सेवा दिइरहेको कार्य तत्काल बन्द गर्न माग गरेको छ ।

प्रदर्शनमा सहभागी व्यवसायी सरोज सिटौलाले आफूहरूको आन्दोलन राजनीतिक पार्टीबाट निर्देशित नभएको बताए । सार्वजनिक यातायात बचाएर गरी खान देऊ भन्नका लागि यातायात व्यवसायीहरू सडकमा आएको उनले उल्लेख गरे ।

सिटौलाले सरकारसँग पटक–पटक सरकारसँग गरिएका माग र सर्वाेच्च अदालतले गरेको निर्णय कार्यन्वयन गर्नुपर्ने बताए ।

तस्वीरहरू :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register