२ सय ५० करोडभन्दा बढी रकम हिनामिना गरी फरार रहेका व्यक्ति पक्राउ

काठमाडौं। २ सय ५० करोड रूपैयाँ भन्दा बढी रकम हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका तत्कालिन सञ्चालक/प्रमुख कार्यकारी अधिकृत बाँके नेपालगंज उपमहानगरपालिका-२० बस्ने सल्यान घर भएका ६५ वर्षीय राजेन्द्र वीर रायलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष/प्रमुख कार्यकारी अधिकृत एवम् पटक पटक सञ्चालक समिति अध्यक्ष पदमा रहि उक्त […]

Jun 1, 2025 - 11:54
 0
२ सय ५० करोडभन्दा बढी रकम हिनामिना गरी फरार रहेका व्यक्ति पक्राउ

काठमाडौं।

२ सय ५० करोड रूपैयाँ भन्दा बढी रकम हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका तत्कालिन सञ्चालक/प्रमुख कार्यकारी अधिकृत बाँके नेपालगंज उपमहानगरपालिका-२० बस्ने सल्यान घर भएका ६५ वर्षीय राजेन्द्र वीर रायलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष/प्रमुख कार्यकारी अधिकृत एवम् पटक पटक सञ्चालक समिति अध्यक्ष पदमा रहि उक्त बैंकमा संकलन भएको बचत कर्ताहरूको २ सय ५० करोड रूपैयाँ भन्दा बढी रकम हिनामिना गरी फरार रहेका राजेन्द्रलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले रूपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियाबाट पक्राउ गरेको हो ।

उनी उपर बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register