न्यूजर्सीमा पहिलो ‘नेपाल डे’ उत्सव सम्पन्न

अमेरिका । अमेरिकाको न्यूजर्सीमा बसोबास गर्ने नेपाली समुदायले पहिलो पटक ‘नेपाल डे’ उत्सव मनाएको छ। नेपाली पहिचान, कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने मूल उद्देश्यका साथ शनिबार आयोजित सो कार्यक्रममा न्यूजर्सी र न्यूयोर्कका नेपाली तथा नेपाली मूलका अमेरिकीहरूको उल्लेख्य सहभागिता रहेको थियो। संयुक्त राष्ट्रसंघका लागि नेपाल सरकारका स्थायी प्रतिनिधि एवं राजदूत लोकबहादुर थापा र फेरलन […]

Jun 2, 2025 - 03:16
 0
न्यूजर्सीमा पहिलो ‘नेपाल डे’ उत्सव सम्पन्न

अमेरिका । अमेरिकाको न्यूजर्सीमा बसोबास गर्ने नेपाली समुदायले पहिलो पटक ‘नेपाल डे’ उत्सव मनाएको छ। नेपाली पहिचान, कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने मूल उद्देश्यका साथ शनिबार आयोजित सो कार्यक्रममा न्यूजर्सी र न्यूयोर्कका नेपाली तथा नेपाली मूलका अमेरिकीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

संयुक्त राष्ट्रसंघका लागि नेपाल सरकारका स्थायी प्रतिनिधि एवं राजदूत लोकबहादुर थापा र फेरलन सिटीका उपमेयर जोश रेईनिजले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरे।

कार्यक्रममा नेपाल झल्किने विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएका थिए। राजदूत थापाले यस्ता कार्यक्रमले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण सहयोग पुर्‍याउने र जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने धारणा व्यक्त गरे।

नेपाल सरकारका पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठले सिटीका उपमेयर जोश रेईनिजलाई नेपालसम्बन्धी जानकारीमूलक पुस्तकहरू हस्तान्तरण गर्दै नेपाल भ्रमणका लागि आग्रह गरे। उनले संक्षिप्त मन्तव्य व्यक्त गर्दै नेपाल सुरक्षित, रमणीय, प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताले भरिपूर्ण भएकाले देशप्रति सधैं सकारात्मक सन्देश प्रवाह गर्न सहभागीहरूलाई आग्रह गरे।

कार्यक्रममा नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको ब्यानरसहित नेपालीहरू आ-आफ्नो मौलिक पोशाकमा उपस्थित थिए। कार्यक्रम स्थलमा नेपालका मौलिक सामग्रीहरूको स्टल राखिएको थियो, जसलाई स्थानीयवासीहरूले निकै रुचीपूर्वक अवलोकन गरेका थिए।

कार्यक्रम ग्रेटर जर्सी नेपाली समाज, न्यूजर्सी नेपाली समाज, गैर आवासीय नेपाली संघ, अमेरिका न्यूजर्सी च्याप्टर, एआरसी फर नेपाल, कारणका लागि महिला, फ्रेण्ड्स अफ नेपाल एवं स्थानीय सामाजिक संघसंस्था र नेपाल सरकार पर्यटन प्रवर्द्धक, न्यूयोर्कको समन्वयमा सम्पन्न भएको हो। राजेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्जीव श्रेष्ठले इभेन्ट डाईरेक्टर र सतेन्द्र शाहले कन्भेनरको भूमिका निर्वाह गरेका थिए।

कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने स्थानीय प्रशासन तथा आम नेपाली समुदायलाई अध्यक्ष श्रेष्ठले विशेष धन्यवाद ज्ञापन गरे। उनले आगामी वर्षहरूमा पनि न्यूजर्सीमा ‘नेपाल डे’ कार्यक्रम निरन्तर गरिने जानकारी दिए।

सञ्चारकर्मी विक्की पुलामी र मिस नेपाल इन्टरनेशनल २०१२ सुवेक्षा खड्काले संयुक्त रूपमा सञ्चालन गरेको  कार्यक्रममा स्थानीय कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register