काठमाडौं चक्रपथभित्र सबै कार्यक्रम गर्न २ महिनाका लागि रोक

काठमाडौं। सरकारले काठमाडौ जिल्लाको चक्रपथ र चक्रपथभित्रका सबै सार्वजनिक स्थानमा भेला भई अनसन, धर्ना, घेराउ, जुलुश प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रम गर्न सोमबारदेखि लागू हुने गरी रोक लगाएको छ । काठमाडांैका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आइतबार निषेधाज्ञा जारी गर्दै चक्रपथ र चक्रपथभित्र विरोध, सभा, जुलुस, धर्ना, घेराउ गर्न २ महिनाका लागि निषेध गर्नुभएको […]

Jun 2, 2025 - 03:12
 0
काठमाडौं चक्रपथभित्र सबै कार्यक्रम गर्न २ महिनाका लागि रोक

काठमाडौं।

सरकारले काठमाडौ जिल्लाको चक्रपथ र चक्रपथभित्रका सबै सार्वजनिक स्थानमा भेला भई अनसन, धर्ना, घेराउ, जुलुश प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रम गर्न सोमबारदेखि लागू हुने गरी रोक लगाएको छ ।

काठमाडांैका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आइतबार निषेधाज्ञा जारी गर्दै चक्रपथ र चक्रपथभित्र विरोध, सभा, जुलुस, धर्ना, घेराउ गर्न २ महिनाका लागि निषेध गर्नुभएको हो । साथै काठमाडौं प्रशासनले त्यस प्रकारको कार्यक्रम गर्न सिफल चौर क्षेत्र, कोटेश्वर आकाशेपुलदेखि दक्षिण बालकुमारी क्षेत्र र बल्खु क्षेत्र निर्धारण गरिदिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी तिवारीले काठमाडौं चक्रपथ क्षेत्र र भित्र विरोधका कार्यक्रम गर्दा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र सार्वजनिक यातायात सञ्चालनमा कठिनाइ भएको भन्ने जनगुनासो समेतलाई मध्यनजर गर्दै सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा असर पर्न जाने अवस्था देखिएकाले जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिससमेतका आधारमा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम आज सोमबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जानकारी दिनुभयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register