इस्टुको अध्यक्षमा थापा, १४ बुँदे प्रस्ताव पारित 

काठमाडौ।  संस्थागतविद्यालय शिक्षक युनियन(इस्टु)को अध्यक्षमा होमकुमार थापा निर्वाचित भएका छन् । इस्टुको सातौँ राष्ट्रिय महाअधिवेशनले थापाको नेतृत्वमा ६१ सदस्यीय नयाँ कार्यसमिति गठनगरेको छ । कार्यसमितिको सहअध्यक्षमा डा. मोतिकुमारा फुँयाल र देवीदत्त पौडेल निर्वाचित भएका छन् ।   वरिष्ठ उपाध्यक्षमा नारायण पौडेल र सरिता निरौला निर्वाचित भएका छन् ।  तीन वरिष्ठ उपाध्यक्ष मध्ये एक वरिष्ठ उपाध्यक्ष […]

Jun 2, 2025 - 11:03
 0
इस्टुको अध्यक्षमा थापा, १४ बुँदे प्रस्ताव पारित 

काठमाडौ। 

संस्थागतविद्यालय शिक्षक युनियन(इस्टु)को अध्यक्षमा होमकुमार थापा निर्वाचित भएका छन् । इस्टुको सातौँ राष्ट्रिय महाअधिवेशनले थापाको नेतृत्वमा ६१ सदस्यीय नयाँ कार्यसमिति गठनगरेको छ । कार्यसमितिको सहअध्यक्षमा डा. मोतिकुमारा फुँयाल र देवीदत्त पौडेल निर्वाचित भएका छन् ।

  वरिष्ठ उपाध्यक्षमा नारायण पौडेल र सरिता निरौला निर्वाचित भएका छन् ।  तीन वरिष्ठ उपाध्यक्ष मध्ये एक वरिष्ठ उपाध्यक्ष राष्ट्रिय समितिले पछि मनोनयन गर्नेछ। 

उपाध्यक्षहरुमा उपत्यका तर्फबाट भवानी पराजुली ,कोशी मनोज खनाल, मधेश  सुधिरकुमार झा,वागमती दीपक गौतम, लुम्बिनी वामदेव ओली, कर्णाली परमानन्द रेग्मी, सुदुरपश्चिम धर्मराज भट्ट र महिला उपाध्यक्षमा इन्दीरा धमला र गण्डकीको पछि निर्णय गर्नेगरी निर्वाचित गरेको छ । 

 संगठनको महासचिवमा भुपाल उप्रेती निर्वाचित भएका छन् । उपमहासचिवमा् यादव अधिकारी,श्यामकृष्ण ज्ञवाली रहेका छन् । त्यस्तै अर्थउपमहासचिवस्मा कुश्मिता तिवारी निर्वाचित भएका छन् । सचिव खुलामा निलकण्ठ आचार्य, सचिवनारायण चालिसे, शिक्षाराज अधिकारी  निर्वाचित भएका छन् । 

महिला सचिवमा शोभा वास्तोला पगेनी निर्वाचित भएकी छिन् ।  कार्यसमितिको सदस्यहरुमा सुरेश प्रसाद भट्ट, होमराजखतिवडा, केशवकुमार श्रेष्ठ, यज्ञराज श्रेष्ठ, गमबाहदुर डागर, लिला बहादुर जिसी,ओमनाथ कडरिया,  सुदिप बतौला,,नवराजधरेल, महेश कुमार सिंह, नितु झा, विष्णु बहादुर आले,  इश्वर गुरुङ,कृष्ण चन्द्र दवाडी निर्वाचित भएका छन् । 

त्यस्तै सदस्यमा विमला शाह, पुरुषोत्तम खनाल,चन्द्रमणी रिमाल, गिता गुरुङ, बबिता बान्तवा, कृष्ण प्रसाद गौतम, नविन कुमार मिश्रि, रेनुकाश्रेष्ठ, जगदिप राजवंशी, कृष्ण नारायण श्रेष्ठ, राम नरेश राय, दिपक भट्टराई, अनिलप्रसाद भुषाल, राजु वराल,  सुजित कुमारठाकुर रहेका छन् ।  ३३ प्रतिशत महिला अनिवार्य रहने कार्यसमिति निर्वाचितगरेको नवनिर्वाचित अध्यक्ष थापाले जानकारी दिए । कार्यसमितिमा तीन–तीन जना सहअध्यक्ष र वरिष्ठउपाध्यक्ष सहित भूगोल र समावेशी प्रतिनिधित्वका आधारमा नौ जना उपाध्यक्ष चयन भएका छन् ।  महाअधिवेशनले तीन उपमहासचिव रचार सचिव र २९ सदस्य चयन गरेको छ । बाँकी सदस्य पछि मनोनित हुनेछ ।  

महाधिवेशनले १४ बुँदे काठमाडौं घोषणापत्रजारी गरेको छ । संस्थागत विद्यालयहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषकार्यक्रममा दर्ता गराई शिक्षक कर्मचारीहरुको योगदान कानुन बमोजिम उनीहरूलाई प्रदानगर्ने योगदान रकम यथाशीघ्र अनिवार्य कट्टागर्न व्यवस्था गरिनुपर्ने, अन्यथा कार्वाहीकोदायरामा ल्याउनुपर्ने,संस्थागत विद्यालयहरुमा कार्यरत शिक्षक कर्मचारीहरुलाई सरकारलेतोकेको तलब, सबै खालका बिदा, सबै खालका अन्य सुविधा अनिवार्य प्रदान गर्नुपर्ने,साविककाशिक्षा ऐन नियमावलीमा व्यवस्था भएबमोजिम विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावक सङ्घबनाउन र ऐनमा नबाझिने गरी विद्यालय सञ्चालन विनियमावली अनिवार्य बनाउनुपर्ने रहेको छ। 

  त्यस्तै पेसागत वृत्तिविकासको निम्ति तालिम लगायतको व्यवस्था गर्नुपर्ने, निजी लगानीमा खोलिएका विद्यालयहरुको स्थायित्वको निम्ति वास्तविक लगानीको संरक्षण तथा सम्बद्र्धन गर्नुपर्ने,विद्यालय स्तरका आयोग,समिति, संरचना, छलफल,सेमिनार, गोष्ठी, शिक्षक तालिम आदिमा संस्थागत विद्यालय शिक्षक युनियनलाई अनिवार्यसमावेश गरिनुपर्ने,निजी लगानीका विद्यालयहरूको प्रभावकारी अनुगमन, नियमन तथा कारवाहीको लागि अधिकार प्राप्त संयन्त्र बनाउने र उक्त संयन्त्रमा संस्थागत विद्यालय शिक्षक युनियनकोअनिवार्य प्रतिनिधित्व गराउनुपर्ने, शिक्षक कर्मचारीको अभिलेख आधिकारिक रूपमा पालिकाकोशिक्षा शाखा र जिल्ला शिक्षा विकास तथा समन्वय इकाईमा राख्ने व्यवस्था गरिनुपर्ने रहेका छन् । 

  प्राकृतिक प्रकोप, रोगब्याधी आदि कारणवश लामो अवधि विद्यालय सञ्चालन हुन नसक्ने अवस्थाको लागि विद्यालयद्वारा विशेष आर्थिककोषको व्यवस्था गर्नुपर्ने, नेपाल सरकार एवं राजनैतिक पार्टीका प्रमुख सचेतक तथा शिक्षा स्वास्थ्य तथा सुचना प्रविधि समितिका सभापति समेतले शिक्षक कर्मचारीहरुका पेशागत समस्या समाधान हुने गरी नेपाल शिक्षक महासङ्घसँग विद्यालय शिक्षा ऐन संसदबाट जारी गर्न गरिएको सहमति कार्यान्वयन गर्नु पर्ने, संस्थागत तथा सामुदायिक विद्यालयमा कार्यरत सबै खाले शिक्षक कर्मचारीहरूका पेसागत माग पूरा गराउन नेपाल शिक्षक महासङ्घले आव्हान गर्ने हरेक आन्दोलनमासक्रिय सहभागिता हुने जनाएको छ ।  

 इस्टुले विद्यालयहरूमा प्रदान गरीने शिक्षालाई गुणस्तरीय एवं सेवामुखी बनाउनुपर्ने र शिक्षकहरुका तर्फबाट यसका निम्ति आफ्नो क्षमताको उच्चतमप्रयोग गर्ने कार्यमा युनियनले सहजीकरण गर्न प्रतिबद्धता जनाएको छ ।   

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register