लाङटाङ ट्रेल रन २०२५ को उपाधि मिलन गुरुङ र  सुनसरी रोकायलाई 

रसुवा।   आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउने लक्ष्यसहित   लाङटाङ ट्रेल रन २०२५  आयोजना गरिएकाे  उक्त रनमा पुरुष तर्फ सोलुखुम्बुका मिलन गुरुङ प्रथम भएका छन्  भने महिला तर्फ नेपाल आर्मीकी  सुनसरी रोकाय प्रथम भएकी छन् । तीन हजार  आठ सय ५० मिटरको उचाइमा रहेको क्याङजिङ गुम्वादेखि स्याफ्रुवेसिसम्म ३२ किलोमिटरकाे दाैड प्रतियोगिताकाे उद्वघाटन क्याङजिङ गुम्वाबाट ९:३० वजे वाग्मती […]

Jun 7, 2025 - 16:43
 0
लाङटाङ ट्रेल रन २०२५ को उपाधि मिलन गुरुङ र  सुनसरी रोकायलाई 

रसुवा। 

 आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउने लक्ष्यसहित   लाङटाङ ट्रेल रन २०२५  आयोजना गरिएकाे  उक्त रनमा पुरुष तर्फ सोलुखुम्बुका मिलन गुरुङ प्रथम भएका छन्  भने महिला तर्फ नेपाल आर्मीकी  सुनसरी रोकाय प्रथम भएकी छन् ।

तीन हजार  आठ सय ५० मिटरको उचाइमा रहेको क्याङजिङ गुम्वादेखि स्याफ्रुवेसिसम्म ३२ किलोमिटरकाे दाैड प्रतियोगिताकाे उद्वघाटन क्याङजिङ गुम्वाबाट ९:३० वजे वाग्मती प्रदेश संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीले गरेपछि सुरु भएको रन मा पुरुष तर्फ प्रथम भएका  सोलुखुम्बुका मिलन गुरुङले एक लाख नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गरे।  उनले २:२६:४६ सेकेन्ड लगाएका  थिए भने  द्वितीय हुनेमा पाँचथरका विशाल राई रहेका छन्।  उनले नगद ७५ हजार सहित प्रमाणपत्र र मेडल प्राप्त गरे।  त्यस्तै  तृतीय हुनेमा सोलुखुम्बुका अर्जुन कुलुङ  राई रहेका छन्   उनले  नगद ५० हजारसहित प्रमाणपत्र मेडल प्राप्त गरे। यसैगरी चाैथाे हुनेमा सशस्त्र प्रहरी बलका किरण सिंह बाेगटि रहेका छन्।  उनले ३०  हजार नगदसहित प्रमाणपत्र र मेडल हात पारे भने पाँचौ हुनेमा नेपाल आर्मीका गाेपाल तामाङ रहेका छन्।  उनलाई  १५ हजार नगदसहित प्रमाणपत्र र मेडल प्रदान गरिएकाे छ ।

महिला तर्फ प्रथम हुनेमा नेपाल आर्मिका सुनसरी रोकाय प्रथम,नेपाल प्रहरी को लाक्पा निमा शेर्पा द्वितीय,निर्मला राई तृतीय,आङफुर्पा शेर्पा,चाैथाे हुनेमा प्रिया राई रहेका छन् उहाँ हरू प्रथम देखि  पाँचौ हुनुभएका लाई नगद १ लाख  प्रथम ७५ दाेस्राे,५० हजार तेस्राे चाैथाे ३० हजार र पाँचौ १५ हजार सहित  नगद  सहित मेडल प्रदान गरिएकाे थियाे  । सुनसरी राेकायले २:५५:४३ सेकेन्ड लगाएकि थिईन । १ सय १ जना को सहभागी रहेको थियाे जसमा ८६ जना पुरुष र १५ जना महिला हरूकाे सहभागिता रहेको थियाे ।रसुवा नुवाकोट पर्यटन समाज काठमाडौ,संस्कृति तथा पर्यटन मन्त्रालय वाग्मती प्रदेश नेपाल,नेपाल टुरिजम वाेर्ड को मुख्य आयोजना र अन्य सराेकारवाला हरू को सहयाेगमा रनकाे समापन बागमती प्रदेश को पुर्व मन्त्री एवम उप सभामुख  र बर्तमान बागमती प्रदेश सभा सदस्य राधिका तामाङ ले समापन गर्नुभएको थियाे ।

रसुवा जिल्ला पर्यटनको हब भएकाले थप आन्तरिक तथा वाह्यय पर्यटकहरू भित्र्याउने उदेश्यले गरिएकाे रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिए ।  पर्यटन प्रर्वदनमा तपाईं हाम्राे उल्लेखनीय योगदान रहेकाले याे रन ले पनि महत्त्वपूर्ण भूमिका रहने जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोककुमार घिमिरेले बताए । रसुवा लगाएत नुवाकोट धार्मिक,सांस्कृतिक कुराहरूलाई अगाडि ल्याउन याे रनले महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register