संसद्‌को गतिरोध हटाउन तीन दलका नेताहरूबीच छलफल

काठमाडौं । सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल चलिरहेको छ । संसद्‌मा देखिएको गतिरोधलगायत विषयमा छलफल जारी रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । बैठकमा एमालेबाट अध्यक्षसमेत रहेका ओली मात्रै छन् भने कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्ण सिटौला रहेका छन् । उता, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल […]

Jun 2, 2025 - 11:59
 0
संसद्‌को गतिरोध हटाउन तीन दलका नेताहरूबीच छलफल

काठमाडौं । सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल चलिरहेको छ ।

संसद्‌मा देखिएको गतिरोधलगायत विषयमा छलफल जारी रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

बैठकमा एमालेबाट अध्यक्षसमेत रहेका ओली मात्रै छन् भने कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्ण सिटौला रहेका छन् । उता, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव देव गुरुङ र नेता महेन्द्रराय यादव छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register