अनुगमनमा गएका वडाध्यक्षमाथि चक्कु प्रहार

मुगु । जुम्लाको तिला गाउँपालिकाका वडा नम्बर ४ का वडाध्यक्ष ललितबहादुर शाहीमाथि चक्कु प्रहार भएको छ । आफ्नै वडामा अनुगमन गरेर फर्केने बेला सामूहिक आक्रमण गरी उनीमाथि चक्कु प्रहार गरिएको हो । चक्कु प्रहारबाट घाइते भएका ४२ वर्षीय वडाध्यक्ष शाहीको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी निरीक्षक असिम हमालले बताए । उनले भने, ‘पीडितले […]

Jun 2, 2025 - 13:25
 0
अनुगमनमा गएका वडाध्यक्षमाथि चक्कु प्रहार

मुगु । जुम्लाको तिला गाउँपालिकाका वडा नम्बर ४ का वडाध्यक्ष ललितबहादुर शाहीमाथि चक्कु प्रहार भएको छ । आफ्नै वडामा अनुगमन गरेर फर्केने बेला सामूहिक आक्रमण गरी उनीमाथि चक्कु प्रहार गरिएको हो ।

चक्कु प्रहारबाट घाइते भएका ४२ वर्षीय वडाध्यक्ष शाहीको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी निरीक्षक असिम हमालले बताए । उनले भने, ‘पीडितले तीन जनाको नाम दिनु भएको छ ।’

तीनमध्ये एक जनालाई जुम्ला बसपार्कबाट पक्राउ गरिएको हो । अन्य व्यक्तिलाई खोजी कार्य भइरहेको छ । घटनाका आरोपित २० देखि २५ वर्ष उमेर समूहका छन् । प्रहरीले घटना आरोपितको नाम भने सार्वजनिक गरेको छैन ।

त्यस्तैगरी सोही गाउँपालिका–३ का वडाअध्यक्ष ३८ वर्षीय धनबहादुर शाहीमाथि पनि ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष धनबहादुरले भने, ‘ममाथि ढुङगा मुक्का प्रहार भएको हो । तर मेरो टाउकोमा हेल्मेट भएकाले त्यति चोटपटक लागेन । वडा नम्बर ४ का वडाध्यक्षलाई हतियार (चक्कु) नै प्रहार भएकोले बढी चोट लागेको छ । अहिले हामी अस्पतालमै उपचारमा छौँ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register