महिला राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा पुनः राजेन्द्र तामाङ

काठमाडौं । थाइल्याण्डविरुद्धको मैत्रीपूर्ण खेल तथा एएफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ छनोट खेलका लागि राजेन्द्र तामाङ पुनः महिला राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । बिहीबार एन्फा कम्प्लेक्समा एन्फाका महासचिव किरण राईले तामाङलाई कार्यक्रममा नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् । सहायक प्रशिक्षकमा भगवती थापा र गोलकिपिङ प्रशिक्षक सुरजकुमार लामा पनि यथावत् रहनेछन् । […]

May 8, 2025 - 10:03
 0
महिला राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा पुनः राजेन्द्र तामाङ

काठमाडौं । थाइल्याण्डविरुद्धको मैत्रीपूर्ण खेल तथा एएफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ छनोट खेलका लागि राजेन्द्र तामाङ पुनः महिला राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

बिहीबार एन्फा कम्प्लेक्समा एन्फाका महासचिव किरण राईले तामाङलाई कार्यक्रममा नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् ।

सहायक प्रशिक्षकमा भगवती थापा र गोलकिपिङ प्रशिक्षक सुरजकुमार लामा पनि यथावत् रहनेछन् ।

ब्रिन्दा देवकोटा टिम म्यानेजरका रूपमा यथावत् छिन् भने लक्ष्मी भट्टराई टिमको फिजियोथेरेपिस्टको रूपमा नियुक्त भएकी छन् ।

चारै जना प्राविधिक सदस्यले महासचिव राईबाट नियुक्तिपत्र प्राप्त गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register