‘बजेट कार्यान्वयन हुनसके मात्र ६ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव छ’- चन्द्र ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटको कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । सोमवार काठमाडौँमा इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको ‘पोस्ट बजेटः अ होलिस्टिक डिसकर्स’मा बोल्दै उनले बजेटको कार्यान्वयनमा जोड दिन आग्रह गरेका हुन् ।  ढकालले सुशासन बिना राम्रो नतिजा दिन नसकिने समेत बताएका छन् । सुशासन पालना गराउन नसके देशले […]

Jun 2, 2025 - 13:25
 0
‘बजेट कार्यान्वयन हुनसके मात्र ६ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव छ’- चन्द्र ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटको कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । सोमवार काठमाडौँमा इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको ‘पोस्ट बजेटः अ होलिस्टिक डिसकर्स’मा बोल्दै उनले बजेटको कार्यान्वयनमा जोड दिन आग्रह गरेका हुन् । 

ढकालले सुशासन बिना राम्रो नतिजा दिन नसकिने समेत बताएका छन् । सुशासन पालना गराउन नसके देशले खोजेको नतिजा आउन नसक्ने भन्दै ढकालले सरकारले अपेक्षा गरेको ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य बजेटको सही कार्यान्वयन हुनसके मात्र सम्भव रहेको बताएका छन् । 

‘बजेटमा आएको चिज इम्प्लिमेन्ट हुनुपर्यो । सबैभन्दा ठूलो कुरा सुशासन हो ।’, उनले भने, ‘सबै कुरा राम्रो गर्छौं तर यदि हामी सुशासन पालना गराउन सके मात्र हामीले खोजेको रिजल्ट र अनुमान गरेको ६ प्रतिशतको आर्थिक वृद्धिदर लक्ष्य हासिल गर्न सक्छौँ ।’ 

त्यस्तै, अध्यक्ष ढकालले बजेटले उल्लेख गरेको खानीजन्य वस्तुहरु आन्तरिक प्रयोग र निर्यात गर्ने कुराबाट पछाडि फर्किन नहुने बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register