आर्मीलाई हराउँदै पुुलिसले जित्यो प्रधानमन्त्री कपको उपाधि
काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट फाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा साविक विजेता पुलिसले आर्मीलाई ६ विकेटले पराजित गरेको हो । प्रधानमन्त्री कपमा लगातार दोस्रो पटक उपाधि जित्ने पुलिस पहिलो टोली बनेको छ । पुलिसले चौथो पटक प्रधानमन्त्री कपको उपाधि जितेको हो […]

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट फाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।
सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा साविक विजेता पुलिसले आर्मीलाई ६ विकेटले पराजित गरेको हो । प्रधानमन्त्री कपमा लगातार दोस्रो पटक उपाधि जित्ने पुलिस पहिलो टोली बनेको छ । पुलिसले चौथो पटक प्रधानमन्त्री कपको उपाधि जितेको हो ।
१५५ रनको लक्ष्य पुलिसले २५.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । पुलिसका लागि कुशल भूर्तेलले अर्धशतकीय पारी खेले । उनले ७० बलमा ७ चौका र ३ छक्का ६१ रन बनाए ।
अमित श्रेष्ठले ३९ रन बनाए । दिलिप नाथ ३१ रनमा अविजित रहे । अन्य खेलाडीले दोहोरो अङ्क छुन सकेनन् । आर्मीका लागि शाहब आलमले ३ र नरेन साउदले १ विकेट लिए ।
यसअघि, आर्मी ४३ ओभरमा १५४ रनमा अलआउट भयो ।
आर्मीका लागि बसिर अहमदले अर्धशतकीय पारी खेले । १०४ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै बसिर ८६ रनमा अविजित रहे ।तथापि जितका लागि पर्याप्त हुन सकेन ।
कप्तान विनोद भण्डारीले २९ र विवेक यादवले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्क छुन सकेनन् ।
पुलिसका लागि करण केसी र सागर ढकालले ३–३ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले २ तथा गुल्शन झा र ललित राजवंशीले १–१ विकेट लिए ।
टस जितेर पुलिस पहिले बलिङ रोजेको थियो ।
What's Your Reaction?






