डेम्बेलेलाई बालोन डि’ओर जिताउने अभियानमा फ्रेन्च समर्थक

पेरिस । फ्रेन्च स्टार उस्मान डेम्बेलेलाई विश्वको सर्वश्रेष्ठ फुटबल खेलाडीको रुपमा मानिने प्रतिष्ठित बालोन डि’ओर अवार्ड जिताउन फ्रान्सले औपचारिक रुपमै प्रचार अभियान सुरु गरेको छ । हालै सम्पन्न च्याम्पियन्स लिग फाइनलमा पेरिस सेन्ट–जर्मेन (पीएसजी)ले इटालियन क्लब इन्टर मिलानलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै पहिलोपटक उपाधि जितेको थियो, जसमा डेम्बेलेले महत्वपूर्ण भूमिका खेलेका थिए । […]

Jun 3, 2025 - 12:38
 0
डेम्बेलेलाई बालोन डि’ओर जिताउने अभियानमा फ्रेन्च समर्थक

पेरिस । फ्रेन्च स्टार उस्मान डेम्बेलेलाई विश्वको सर्वश्रेष्ठ फुटबल खेलाडीको रुपमा मानिने प्रतिष्ठित बालोन डि’ओर अवार्ड जिताउन फ्रान्सले औपचारिक रुपमै प्रचार अभियान सुरु गरेको छ ।

हालै सम्पन्न च्याम्पियन्स लिग फाइनलमा पेरिस सेन्ट–जर्मेन (पीएसजी)ले इटालियन क्लब इन्टर मिलानलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै पहिलोपटक उपाधि जितेको थियो, जसमा डेम्बेलेले महत्वपूर्ण भूमिका खेलेका थिए ।

यद्यपि डेम्बेलेले फाइनल खेलमा गोल नगरेपछि एसिस्ट भने गरे । उनले यस सिजनमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । जसले गर्दा उनलाई अब बैलोन डि’ओरको बलियो दावेदार मानिएको छ । स्पेन तथा बार्सिलोनाका युवा खेलाडी लामिन यमाल पनि यस उपाधिका लागि प्रतिस्पर्धी मानिन्छन् ।

डेम्बेले सोमबार च्याम्पियन्स लिग ट्रफीसहित फ्रान्सको प्रतिष्ठित टेनिस प्रतियोगिता रोलान्ड गारोसको मुख्य कोर्ट फिलिप–शात्रिएमा देखिए । उनले ’ट्रायम्फ’ लेखिएको टिसर्ट लगाएका थिए र घरेलु खेलाडी लोइस बोइसोनको जितपछि उत्साहित भीडबाट ताली पाएका थिए । संयोगवश यसै वर्षको रोलान्ड गारोसको सिंगल्स ड्रमा डेम्बेलेले ‘इनोसेन्ट ह्यान्ड’को भूमिका निभाएका थिए ।

पीएसजीको घरेलु रंगशाला पार्क डे प्रिन्स र रोलाण्ड गारोस टेनिस सेन्टर नजिकै रहेको छ । जहाँ डेम्बेलेको उपस्थितिले अझ विशेष बनाएको फुटबल विश्लेषकहरूको भनाइ छ ।  उनलाई ‘वर्षको उत्कृष्ट फुटबलर’ बनाउने अभियानमा  फ्रान्सेली समर्थकहरूले थप बल दिएको फुटबल पण्डितहरूको विश्लेषण छ ।

पीएसजीले रच्यो नयाँ कीर्तिमान, यी हुन् फराकिलो अन्तरका पाँच फाइनल

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register