तस्वीरमा हेरौं, निर्माणाधीन साँगा-धुलिखेल–खावा सडक

काठमाडौं । मनसुन सुरु भएसँगै साँगा-धुलिखेल-खावा सडकको अवस्था दयनीय बनेको छ । समयमै निर्माण सम्पन्न नहुँदा उक्त सडक भएर गुड्ने सवारीका यात्रुले हिलो र धुलोको सास्ती खेप्नु परेको छ । सडक निर्माणको काम समयमा नसकिँदा पुनःनिर्माणका लागि भत्काइएको सडकमा सवारीसाधन दुर्घटना हुँदा यात्री घाइते भएका छन् । केही वर्षदेखि जीर्ण बन्दै आएको साँगा-धुलिखेल–खावा सडकखण्डलाई फराकिलो […]

Jun 4, 2025 - 03:04
 0
तस्वीरमा हेरौं, निर्माणाधीन साँगा-धुलिखेल–खावा सडक

काठमाडौं । मनसुन सुरु भएसँगै साँगा-धुलिखेल-खावा सडकको अवस्था दयनीय बनेको छ । समयमै निर्माण सम्पन्न नहुँदा उक्त सडक भएर गुड्ने सवारीका यात्रुले हिलो र धुलोको सास्ती खेप्नु परेको छ ।

सडक निर्माणको काम समयमा नसकिँदा पुनःनिर्माणका लागि भत्काइएको सडकमा सवारीसाधन दुर्घटना हुँदा यात्री घाइते भएका छन् । केही वर्षदेखि जीर्ण बन्दै आएको साँगा-धुलिखेल–खावा सडकखण्डलाई फराकिलो बनाई कालोपत्रे गर्न लागिएको थियो ।

उक्त सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्रे डीबीएम र आस्फाल कालोपत्रे गर्ने योजना बनाएको थियो ।

अरनिको राजमार्ग हुँदै नेपालको चिनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा दोलखा, रामेछाप पुग्ने यही सडक हो ।

हेरौं तस्वीर –

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register