दुवै खुट्टा नभएर पनि सगरमाथा आरोहण गर्ने हरि बुढालाई सरकारले सम्मान गरोस : ईश्वरी बुढामगर

May 21, 2023 - 05:44
 0
दुवै खुट्टा नभएर पनि सगरमाथा आरोहण गर्ने हरि बुढालाई सरकारले सम्मान गरोस : ईश्वरी बुढामगर
दुवै खुट्टा नभएर पनि सगरमाथा आरोहण गर्ने हरि बुढालाई सरकारले सम्मान गरोस : ईश्वरी बुढामगर

काठमाडौं । नेकपा एमालेकी सांसद् ईश्वरी घर्ती मगरले सगरमाथाको सफल आरोहण गरेका हरि बुढामगरलाई सम्मान गर्न सरकारसँग माग गर्नुभएको छ ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद् घर्तीले दुवै खुट्टा नभइर पनि सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका हरिलाई सम्मान गर्न सरकारसँग माग गर्नुभयो ।

केही महिनाको प्रयासपछि सगरमाथाको सफल आरोहण गरेर सोमबार काठमाडौं आउन लागेका हरिलाई विमानस्थलमै पुगेर स्वागत गर्न उहाँले माग गर्नुभयो ।

बुढामगर जेठ ५ गते दिउँसो सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो । घुँडाभन्दा माथि दुवै गोडा काटिएका बुढामगर दुवै गोडा गुमाएका सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1

This site uses cookies.

By continuing to browse this site you are agreeing to our use of cookies.