राजाबादीहरुको दोस्रो चरणको आन्दोलनको लागि आज दिउँसो दुई बजे बैठक बस्दै

काठमाडौं । राजावादीहरुको संयुक्त जनआन्दोलन समितिले पहिलो चरणको एक साता लामो आन्दोलन ‘उत्साहजनक रूपमा’ सम्पन्न भएको निष्कर्ष निकाल्दै दोस्रो चरणको आन्दोलनको तयारी सुरु गरेको छ । पहिलो चरणको आन्दोलनको समीक्षा गर्न तथा सरकारको ‘दमनकारी नीति’ लाई दृष्टिगत गर्दै दोस्रो चरणको आन्दोलनको कार्यक्रम तय गर्न समितिले आज दिउसो दुई बजे सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बैठक बोलाएको […]

Jun 4, 2025 - 05:39
 0
राजाबादीहरुको दोस्रो चरणको आन्दोलनको लागि आज दिउँसो दुई बजे बैठक बस्दै

काठमाडौं ।

राजावादीहरुको संयुक्त जनआन्दोलन समितिले पहिलो चरणको एक साता लामो आन्दोलन ‘उत्साहजनक रूपमा’ सम्पन्न भएको निष्कर्ष निकाल्दै दोस्रो चरणको आन्दोलनको तयारी सुरु गरेको छ । पहिलो चरणको आन्दोलनको समीक्षा गर्न तथा सरकारको ‘दमनकारी नीति’ लाई दृष्टिगत गर्दै दोस्रो चरणको आन्दोलनको कार्यक्रम तय गर्न समितिले आज दिउसो दुई बजे सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बैठक बोलाएको छ ।

बैठकमा संयुक्त जनआन्दोलन समितिमा आवद्ध ४४ राजनीतिक दल, समूह तथा अभियानका प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ ।समितिले राजसंस्था पुनस्र्थापना लगायतका माग राख्दै जेठ १५ गतेदेखि आन्दोलन गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register