ललितपुरका मेयर महर्जनको चीन भ्रमण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णय

काठमाडौं । सरकारले ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनको चीन भ्रमण स्वीकृत गरेको छ । बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २८ देखि ३० सम्म चीनमा हुने एक सम्मेलनमा सहभागी हुन महर्जनलाई स्वीकृती प्रदान गरिएको जानकारी दिए । सरकारले असार ३ गते अष्ट्रियाको भियनामा आयोजना हुने ओपेक विकास कोष फोरममा अर्थ […]

Jun 4, 2025 - 09:22
 0
ललितपुरका मेयर महर्जनको चीन भ्रमण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णय

काठमाडौं । सरकारले ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनको चीन भ्रमण स्वीकृत गरेको छ ।

बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २८ देखि ३० सम्म चीनमा हुने एक सम्मेलनमा सहभागी हुन महर्जनलाई स्वीकृती प्रदान गरिएको जानकारी दिए ।

सरकारले असार ३ गते अष्ट्रियाको भियनामा आयोजना हुने ओपेक विकास कोष फोरममा अर्थ मन्त्रालयका सचिवलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।

साथै, सेनातर्फ एक जना प्रमुख सेनानीको महासेनानी दर्जामा बढुवा गर्ने र दश जना महासेनानीहरुको सरुवा गर्ने निर्णय भएको गुरुङले जानकारी दिए । एक जना महासेनानीको राजीनामा स्वीकृत भएको छ ।

यता, गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक नरहेको बताएका छन् । गृहमन्त्रीविरुद्ध ठोस प्रमाण नरहेको र छानबिनको प्रक्रियासमेत अघि नबढेकाले राजीनामा दिन आवश्यक नरहेको उनको भनाइ छ ।

गुरुङले प्रतिपक्षीले उठाएका विषयमा सदनमा गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने धारणा राखे । दलहरुबीच निरन्तर छलफल भइरहेकाले छिट्टै समस्या समाधान हुने उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register