‘हनी ट्रयाप’ आरोपमा पक्राउ परेकी महिला ५० हजार धरौटीमा रिहा 

काठमाडौँ । हनी ट्रयाप आरोपमा पक्राउ परेकी महिला धरौटीमा रिहा भएकी छिन् । बैशाख २० गते पक्राउ परेकी तारा गुरुङ ५० हजार धरौटीमा रिहा भएकी हुन् ।  उनलाई ५० हजार धरौटीमा रिहा गर्न ललितपुर जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले आदेश दिएको थियो । अदालतको सो आदेशपछि उनी धरौटी तिरेर रिहा भएकी छिन् ।  पक्राउ […]

Jun 4, 2025 - 12:10
 0
‘हनी ट्रयाप’ आरोपमा पक्राउ परेकी महिला ५० हजार धरौटीमा रिहा 

काठमाडौँ । हनी ट्रयाप आरोपमा पक्राउ परेकी महिला धरौटीमा रिहा भएकी छिन् । बैशाख २० गते पक्राउ परेकी तारा गुरुङ ५० हजार धरौटीमा रिहा भएकी हुन् । 

उनलाई ५० हजार धरौटीमा रिहा गर्न ललितपुर जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले आदेश दिएको थियो । अदालतको सो आदेशपछि उनी धरौटी तिरेर रिहा भएकी छिन् । 

पक्राउ परेकी गुरुङविरुद्ध ९२ लाख ४६ हजार २ सय ९० रुपैयाँ बिगो मागदाबी गर्दै आपराधिक लाभको कसुरमा मुद्दा दर्ता भएको थियो । उनीमाथि तीन वर्षदेखि दोहोरी साँझमा भेटिएका एक युवकलाई हनी ट्रयापमा पारेर रकम असुलेको आरोप लागेको थियो । 

तर, ती युवतीले आफूले ती युवकलाई हनी ट्रयापमा नपारेको बरु ती युवकसँग लिभिङ टुगेदरमा रहेको बताएकी थिइन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register