युद्धविरामका लागि अमेरिकाले गरेको प्रस्ताव हमासद्वारा अस्वीकार

एजेन्सी, १६ जेठ । गाजामा युद्धविरामका लागि अमेरिकाले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ। बीबीसीका अनुसार हमासका एक वरिष्ठ अधिकारीले गाजामा युद्धविराम र बन्धक रिहाइका लागि अमेरिकाले गरेको नयाँ प्रस्ताव उनीहरूले अस्वीकार गरेका हुन्। हमासले उक्त प्रस्तावले पूर्ण युद्धविरामका लागि आफूहरूले राखेको मूल माग पूरा नहुने बताउँदै अमेरिकाको प्रस्तावमा असहमति जनाएको हो। समय आएपछि यसको [...] The post युद्धविरामका लागि अमेरिकाले गरेको प्रस्ताव हमासद्वारा अस्वीकार appeared first on Jhapa Online.

May 30, 2025 - 09:27
 0
युद्धविरामका लागि अमेरिकाले गरेको प्रस्ताव हमासद्वारा अस्वीकार

एजेन्सी, १६ जेठ । गाजामा युद्धविरामका लागि अमेरिकाले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ।

बीबीसीका अनुसार हमासका एक वरिष्ठ अधिकारीले गाजामा युद्धविराम र बन्धक रिहाइका लागि अमेरिकाले गरेको नयाँ प्रस्ताव उनीहरूले अस्वीकार गरेका हुन्।

हमासले उक्त प्रस्तावले पूर्ण युद्धविरामका लागि आफूहरूले राखेको मूल माग पूरा नहुने बताउँदै अमेरिकाको प्रस्तावमा असहमति जनाएको हो।

समय आएपछि यसको जवाफ दिने हमासले बताएको छ। यसअघि बिहीबार अमेरिकाको राष्ट्रपति कार्यालयल ह्वाइट हाउसले इजरायलले अमेरिकी विशेष दूत स्टिभ विटकफको प्रस्तावमा ूहस्ताक्षरू गरेको र अब उनीहरू हमासको प्रतिक्रियाको पर्खाइमा रहेको बताएको थियो।

इजरायली मिडियामा आएका रिपोर्टका अनुसार इजरायलका अधिकारीहरूले यस प्रस्तावमा ६० दिनको युद्धविराम र इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदी रिहाइको बदलामा हमासले १० जना जीवित बन्धक छाड्नुपर्ने र मृत १८ बन्धकको अवशेष हस्तान्तरण गर्नुपर्ने सर्त राखेका छन्।

इजरायली सरकारबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। तर बिहीबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बन्धकका परिवारले यो प्रस्ताव स्वीकार गर्न बताएका थिए।

The post युद्धविरामका लागि अमेरिकाले गरेको प्रस्ताव हमासद्वारा अस्वीकार appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register