‘विपद् व्यवस्थापनमा विपद् स्वयंसेवक तथा सूचकहरूको सञ्जाल प्रभावकारी’

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विपद् स्वयंसेवक तथा विपद् सूचकहरूको सञ्जालमार्फत विपद्को पूर्व जानकारी, परिचालन, उद्धार एवं राहत कार्य प्रभावकारी हुने बताउनुभएको छ ।स्विजरल्यान्डको जेनेभामा सञ्चालन भइरहेको विपद् जोखिम न्यूनीकरणका लागि विश्वव्यापी प्लेटफर्मको आठौं सत्रलाई सम्बोधन गर्दै उहाँले सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापन तालिम शिक्षालय र पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भई […]

Jun 5, 2025 - 03:22
 0
‘विपद् व्यवस्थापनमा विपद् स्वयंसेवक तथा सूचकहरूको सञ्जाल प्रभावकारी’

काठमाडौं ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विपद् स्वयंसेवक तथा विपद् सूचकहरूको सञ्जालमार्फत विपद्को पूर्व जानकारी, परिचालन, उद्धार एवं राहत कार्य प्रभावकारी हुने बताउनुभएको छ ।स्विजरल्यान्डको जेनेभामा सञ्चालन भइरहेको विपद् जोखिम न्यूनीकरणका लागि विश्वव्यापी प्लेटफर्मको आठौं सत्रलाई सम्बोधन गर्दै उहाँले सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापन तालिम शिक्षालय र पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भई विपद् व्यवस्थापनसम्बन्धी उच्चस्तरीय तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गरिरहेको बताउनुभयो ।

उहाँले विपद् स्वयंसेवक तथा विपद् सूचकमार्फत भौगोलिक तथा विपद्जन्य अवस्थामा छिटो सूचना प्राप्त हुने र यसले विपद् व्यवस्थापनमा सहकार्य तथा सहजता आउने भएकोले सशस्त्र प्रहरी बल नेपालले यस कार्यलाई उच्च प्राथमिकतामा राखेको जिकिर गर्नुभयो ।

यस प्रकारको सञ्जाल र सामुदायिक साझेदारीले विपद्को पूर्व तयारी, व्यवस्थापन, उद्धार र राहतमा समेत स्थानीय समुदाय र सुरक्षाकर्मी बीचमा समन्वय हुने भएकोले यो कार्य विपद्सँग जुध्नको लागि उपयोगी र प्रभावकारी हुने उल्लेख गर्दै महानिरीक्षक अर्यालले अन्तर निकाय समन्वय र यससँग सम्बन्धित डाटाको आदान–प्रदान, युवा तथा समुदायलाई अग्रपंक्तिमा राखेर विपद्को सामना गर्न सकिने भएकोले जलवायु परिवर्तनको संवेदनशीलतालाई दृष्टिगत गरेर नेपालले हालै सगरमाथा संवादमार्फत विश्व संवादको थालनी गरेको पनि बताउनुभयो ।

सम्बोधनका क्रममा उहाँले नेपाल प्राकृतिक विपद्हरूको अग्रपंक्तिमा रहेकोेले यस्ता प्रकारका चुनौती सामना गर्न र विपद् जोखिम न्यूनीकरण गर्न दृढ प्रतिबद्ध रहेको बताउनुभयो । विश्वभरका विपद्सँग सम्बन्धित देशहरूको सहभागिता रहेको कार्यक्रममा महानिरीक्षक अर्यालले विपद्को सामना गर्न एक्लो प्रयासले मात्र सम्भव नहुने भएकोले यसमा विश्व समुदायको सामूहिक प्रयास अन्तर निकाय समन्वय हुनेपर्नेमा जोड दिनुभयो ।

विपद्लाई व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन डिजास्टर गभरमेन्ट्स राम्रो हुनुपर्ने र सेन्दाई फ्रेमवर्क, पेरिस सम्झौता र दिगो विकास लक्ष्यहरूको प्रतिज्ञा पूरा गर्न एकैसाथ क्रियाशील हुनुपर्ने र त्यसलाई पूरा गर्नका लागि नेपाल सरकार र सशस्त्र प्रहरी बल नेपाल अग्रसर र प्रतिवद्ध रहेको समेत उहाँले बताउनुभएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register