भैंसेपाटीमा खुला रक्तदान कार्यक्रम सम्पन्न, ५५ जनाल गरे रक्तदान

ललितपुर। नेपाल रेडक्रस सोसाइटी सैंबु उपशाखाको आयोजना र ललितपुर महानगरपालिका वडा नं २५ को आर्थिक सहयोगमा भैंसेपाटी चोक, ललितपुरमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा महिला ८ र पुरुष ४७ जना गरी कुल ५५ जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरेका थिए। नेपाल रेडक्रस सोसाइटी सैंबु उपशाखाका पूर्व सभापति लक्ष्मण बहादुर केसी संयोजक रहेको उक्त कार्यक्रममा […]

Jun 7, 2025 - 13:33
 0
भैंसेपाटीमा खुला रक्तदान कार्यक्रम सम्पन्न, ५५ जनाल गरे रक्तदान

ललितपुर।

नेपाल रेडक्रस सोसाइटी सैंबु उपशाखाको आयोजना र ललितपुर महानगरपालिका वडा नं २५ को आर्थिक सहयोगमा भैंसेपाटी चोक, ललितपुरमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा महिला ८ र पुरुष ४७ जना गरी कुल ५५ जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरेका थिए। नेपाल रेडक्रस सोसाइटी सैंबु उपशाखाका पूर्व सभापति लक्ष्मण बहादुर केसी संयोजक रहेको उक्त कार्यक्रममा नेपाल रेडक्रस ललितपुर रक्तसञ्चार सेवाबाट प्राविधिक सहयोग प्राप्त भएको थियो।

कार्यक्रममा वडा अध्यक्ष दौलत कुमार खत्री, वडा सदस्यहरू अञ्जु पहेली, मनश्याम ठकुरी, सपना शाही ठकुरी, नेपाल रेडक्रस सैंबु उपशाखाका पूर्व सभापतिहरू लक्ष्मण प्रसाद सुवेदी र नारायण बहादुर खड्का, कार्यसमिति सदस्यहरू, स्वयंसेवकहरू तथा स्थानिय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register