विपद् उद्धार अभ्यासका क्रममा बेपत्ता भएका सुरक्षाकर्मीको खोजी जारी

सुनसरी। विपद् उद्धार अभ्यासका क्रममा बिहिबार सप्तकोशी नदीमा बेपत्ता भएका दुई जना शसस्त्र प्रहरीमध्ये एकको शव फेला परेको छ भने बेपत्ता एक जनाको खोजी जारी छ ।

Jun 7, 2025 - 14:00
 0
विपद् उद्धार अभ्यासका क्रममा बेपत्ता भएका सुरक्षाकर्मीको खोजी जारी

सुनसरी।

विपद् उद्धार अभ्यासका क्रममा बिहिबार सप्तकोशी नदीमा बेपत्ता भएका दुई जना शसस्त्र प्रहरीमध्ये एकको शव फेला परेको छ भने बेपत्ता एक जनाको खोजी जारी छ ।

बेपत्ता भएका दन्तकाली विशेष कार्यतालिम शिक्षालय सप्तरीमा कार्यरत हरेदेव राजवंशीको शव शुक्रबार सप्तकोशी नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए । उनका अनुसार डोटीका सुरज साउद भने अझै बेपत्ता छन् । 

सशस्त्र प्रहरी बलका गोताखोर र तालिम प्राप्त विपद् व्यवस्थापनको टोली परिचालन गरी साउदको खोजी कार्य जारी रहेको उपरीक्षक तिमल्सिनाले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register