चक्रघट्टा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १० जना र तीन कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । सर्लाहीको चक्रघट्टा गाउँपालिका तत्कालीन अध्यक्ष विक्रम यादवसहित १० जना र तीन कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । सौर्य बत्ती जडान कार्यक्रमको लागि छुट्टयाइएको बजेट टुक्रा-टुक्रा पारी खरिद गरेको कार्यमा अनियमितता भएको आरोपमा मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए […]

Jun 12, 2025 - 12:25
 0
चक्रघट्टा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १० जना र तीन कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । सर्लाहीको चक्रघट्टा गाउँपालिका तत्कालीन अध्यक्ष विक्रम यादवसहित १० जना र तीन कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सौर्य बत्ती जडान कार्यक्रमको लागि छुट्टयाइएको बजेट टुक्रा-टुक्रा पारी खरिद गरेको कार्यमा अनियमितता भएको आरोपमा मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए । २ करोड ४९ लाख ४० हजार ११० रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।

आरोपपत्रमा अध्यक्ष यादवसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबुप्रसाद साह, लेखा अधिकृत शिवशंकरप्रसाद कुशवाहा, सहायक पाँचौँ (लेखापाल) संजयकुमार ठाकुर, सहायक पाँचौं एवं जिन्सी शाखा प्रमुख राम कैलाशराय यादव, सब-इन्जिनियर सन्तोष राय, सब-इन्जिनियर राजु राय, स्काई राइज ट्रेडिङ कन्सर्न मलंगवा सर्लाही तथा उक्त कम्पनीका प्रोप्राइटर जय प्रकाश यादव, एस.के.स्टोर्स मलंगवा तथा उक्त कम्पनीका प्रोप्राइटर रंजु कुमारी शाह, जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपाल मलंगवा तथा उक्त कम्पनीका प्रोप्राइटर संगिता कुमारीलाई प्रतिवादी बनाइएको छ ।



What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register