नेपालले वेस्टइन्डिजसँग द्विपक्षीय टी–२० सिरिज खेल्ने

काठमाडौं । नेपालले पहिलोपटक आईसीसीको पूर्ण सदस्य टिमसँग द्विपक्षीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले वेस्टइन्डिजसँग तीन खेलका् टी–२० सिरिज खेल्ने भएको हो । आयोजक नेपाल रहे पनि दुईपटकको विश्वविजेता रहेको वेस्टइन्डिज र नेपालबीच नेपालमा नभई यूएईको शारजहाँमा सिरिज हुनेछ । क्यानले बिहीबार नेपाल र वेस्टइन्डिजबीचको खेल तालिकासमेत सार्वजनिक […]

Jun 12, 2025 - 13:18
 0
नेपालले वेस्टइन्डिजसँग द्विपक्षीय टी–२० सिरिज खेल्ने

काठमाडौं । नेपालले पहिलोपटक आईसीसीको पूर्ण सदस्य टिमसँग द्विपक्षीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले वेस्टइन्डिजसँग तीन खेलका् टी–२० सिरिज खेल्ने भएको हो ।

आयोजक नेपाल रहे पनि दुईपटकको विश्वविजेता रहेको वेस्टइन्डिज र नेपालबीच नेपालमा नभई यूएईको शारजहाँमा सिरिज हुनेछ । क्यानले बिहीबार नेपाल र वेस्टइन्डिजबीचको खेल तालिकासमेत सार्वजनिक गरेको छ ।

क्यानका अनुसार पहिलो खेल २७ सेप्टेम्बरमा हुनेछ भने दोस्रो खेल २८ र तेस्रो खेल ३० सेप्टेम्बरमा हुनेछ । २०१४ को टी–२० विश्वकपमा छनोट भएपछि नेपालले अन्तर्राष्ट्रिय टी–२० को मान्यता पाएको थियो । तर, यो ११ वर्षसम्म पनि नेपालले कुनै आईसीसीका पूर्ण सदस्य टिमसँग द्विपक्षीय सिरिज खेलेको छैन । नेपालले गत वर्ष अमेरिका र वेस्टइन्डिजमा भएको टी–२० विश्वकप खेलेको थियो ।

आगामी वर्षको विश्वकका लागि नेपालले ओमानमा आगामी अक्टोबरमा एसिया छनोट खेल्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register