सवारी दुर्घटनापछि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा आयो

चन्द्रपुर । रौतहटको चन्द्रपुर–१ मङ्गलपुरमा सवारी दुर्घटनापछि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा आएको छ । उक्त ठाउँमा बिहीबार बिहान सवारीसाधनले ठक्कर दिँदा एकजनाको मृत्यु भएको थियो । राजमार्गमा ३२ वर्षीय बुद्ध लिम्बूको एक सवारीसाधनको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो । २४ घण्टाभित्र ठक्कर दिने सवारी साधन पत्ता लगाउने सहमति भएपछि अवरुद्ध राजमार्ग सञ्चालनमा ल्याइएको चन्द्रपुर–१ का […]

Jun 12, 2025 - 13:18
 0
सवारी दुर्घटनापछि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा आयो

चन्द्रपुर । रौतहटको चन्द्रपुर–१ मङ्गलपुरमा सवारी दुर्घटनापछि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा आएको छ ।

उक्त ठाउँमा बिहीबार बिहान सवारीसाधनले ठक्कर दिँदा एकजनाको मृत्यु भएको थियो । राजमार्गमा ३२ वर्षीय बुद्ध लिम्बूको एक सवारीसाधनको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो ।

२४ घण्टाभित्र ठक्कर दिने सवारी साधन पत्ता लगाउने सहमति भएपछि अवरुद्ध राजमार्ग सञ्चालनमा ल्याइएको चन्द्रपुर–१ का वडाध्यक्ष बलराम राउतले जानकारी दिए ।

उनका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सवारी साधनले ठक्कर दिँदा लिम्बूको ज्यान गएको थियो । ठक्कर दिने सवारीसाधनको पहिचान नहुँदासम्म स्थानीयले घटनास्थलमै लास राखेर राजमार्ग अवरुद्ध गरेका थिए । ‘२४ घण्टाभित्र ठक्कर दिने सवारी साधन पत्ता लगाउने सहमति भएपछि अवरुद्ध राजमार्ग सञ्चालनमा ल्याइएको छ,’ वडाध्यक्ष राउतले भने ।

बिहीबार साँझ सवारीसाधन सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख लोकेन्द्र अधिकारीले जानकारी दिए । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register