युक्रेन-रुस शान्ति वार्ता- ट्रम्प र पुटिनबीच प्रत्यक्ष भेट नभएसम्म प्रगति हुन सक्दैन: मार्को रुबियो

एजेन्सी । टर्कीमा हुने युक्रेन-रुस शान्ति वार्तामा सफलताको सम्भावना कम रहेको अमेरिकी शीर्ष कूटनीतिज्ञ मार्को रुबियोले बताएका छन्। रुबीयोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच प्रत्यक्ष भेट नभएसम्म प्रगति हुन नसक्ने दाबी गरेको बीबीसीले उल्लेख गरेको छ । दक्षिण टर्कीमा नाटोका विदेशमन्त्रीहरूको बैठकपछि उनले भने, “मलाई लाग्दैन कि राष्ट्रपति ट्रम्प र पुटिनले […]

May 16, 2025 - 04:43
 0
युक्रेन-रुस शान्ति वार्ता- ट्रम्प र पुटिनबीच प्रत्यक्ष भेट नभएसम्म प्रगति हुन सक्दैन: मार्को रुबियो

एजेन्सी । टर्कीमा हुने युक्रेन-रुस शान्ति वार्तामा सफलताको सम्भावना कम रहेको अमेरिकी शीर्ष कूटनीतिज्ञ मार्को रुबियोले बताएका छन्।

रुबीयोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच प्रत्यक्ष भेट नभएसम्म प्रगति हुन नसक्ने दाबी गरेको बीबीसीले उल्लेख गरेको छ ।

दक्षिण टर्कीमा नाटोका विदेशमन्त्रीहरूको बैठकपछि उनले भने, “मलाई लाग्दैन कि राष्ट्रपति ट्रम्प र पुटिनले यस विषयमा प्रत्यक्ष कुराकानी नगरेसम्म यहाँ कुनै सफलता मिल्नेछ।”

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले इस्तानबुलमा हुने वार्ताका लागि युक्रेनले प्रतिनिधिमण्डल पठाउने पुष्टि गरेका छन् । उनले मस्कोले पठाएको प्रतिनिधिमण्डलको भने आलोचना गरेका छन्।

युक्रेनी प्रतिनिधिमण्डलको नेतृत्व रक्षा मन्त्री रुस्टेम उमेरोभले गर्नेछन्। जसमा गुप्तचर, सैन्य जनरल स्टाफ र विदेश मन्त्रालयका उपप्रमुखहरू पनि सहभागी हुनेछन्।

यस्तै रुसी प्रतिनिधिमण्डलको नेतृत्व भने मेडिन्स्कीले गर्ने क्रेमलिनले जनाएको छ। प्रतिनिधिमण्डलमा रुसका उप-रक्षा मन्त्री, उप-विदेश मन्त्री र सैन्य गुप्तचर प्रमुख पनि सहभागी हुनेछन्। मेडिन्स्कीले सन् २०२२ मा युक्रेनसँगको असफल वार्ताको नेतृत्व पनि गरेका थिए ।

यसअघि मध्यपूर्व भ्रमणमा रहेका ट्रम्पले पनि आफू र पुटिनबीच प्रत्यक्ष भेट नभएसम्म शान्ति वार्तामा महत्वपूर्ण प्रगति हुने सम्भावना नरहेको बताएका थिए। एयर फोर्स वनमा बीबीसीसँग कुरा गर्दै उनले रुसी प्रतिनिधिमण्डलको स्तरबाट आफू निराश भएको बताए।

टर्की, अमेरिका, युक्रेन र रुसका प्रतिनिधिमण्डलहरू सन् २०२२ यता पहिलो पटक प्रत्यक्ष युक्रेन-रुस वार्ताका लागि बिहीबार इस्तानबुलमा भेट्ने तय भएपनि साँझसम्म वार्ताको समय तय नभएको मिडिया रिपोर्टमा जनाइएको छ । केही रिपोर्टहरूले भने वार्ता शुक्रबार हुन सक्ने बताएका छन् ।

भ्लादिमिर पुटिनले युरोपेली नेताहरू र युक्रेनले ३० दिने बिना शर्त युद्धविरामको आह्वान गरेपछि मे १५ मा इस्तानबुलमा प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register