कैलालीमा दुई फरार अभियुक्तमाथि गोली प्रहार गरेर पक्राउ

काठमाडौं । कैलालीमा प्रहरीले दुई फरार अभियुक्तमाथि गोली प्रहार गरेर पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगका आरोपित मिलन चन्द र रिदम ढुंगानालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका सूचना अधिकारी डीएसपी राजकुमार सिंहले नेपालभ्युजलाई जानकारी दिए । ‘खुकुरी प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको आरोपमा लागेका उनीहरू फरार थिए,’ उनले भने, ‘बिहीबार पक्राउ […]

Jun 12, 2025 - 13:41
 0
कैलालीमा दुई फरार अभियुक्तमाथि गोली प्रहार गरेर पक्राउ

काठमाडौं । कैलालीमा प्रहरीले दुई फरार अभियुक्तमाथि गोली प्रहार गरेर पक्राउ गरेको छ ।

ज्यान मार्ने उद्योगका आरोपित मिलन चन्द र रिदम ढुंगानालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका सूचना अधिकारी डीएसपी राजकुमार सिंहले नेपालभ्युजलाई जानकारी दिए ।

‘खुकुरी प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको आरोपमा लागेका उनीहरू फरार थिए,’ उनले भने, ‘बिहीबार पक्राउ गर्न सफल भइयो,’ उनले भने, ‘नियन्त्रणमा लिन पहिले हवाइफायर गरियो । त्यति गर्दा पनि उनीहरू फरार भएपछि घुँडामुनि गोली हानेर पक्राउ गरिएको हो ।’

यसअघि पक्राउ परेर ल्याउने क्रममा भजनी गाउँपालिका–७ मा आएपछि पिसाब फेर्ने क्रममा उनीहरू फरार भएको बताइएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register