वाणिज्य बैङ्कको छ महिना : प्रभुले धेरै नाफा कमाउँदा एनआईसीको ९२ प्रतिशतले घट्यो

काठमाडौं । वाणिज्य बैङ्कहरूले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरणअनुसार वाणिज्य बैङ्कहरूको समग्र नाफा ४ दशमलव ६६ प्रतिशतले घटेको छ । तथ्यांकअनुसार गत वर्षको तुलनामा नौ वाणिज्य बैङ्कको नाफा घटेको छ भने १० बैङ्कले आफ्नो नाफा बढाएका छन् त्यस्तै, माछापुच्छ्रेले लगभग आफ्नो नाफालाई स्थिर […]

Jan 20, 2025 - 11:15
 0
वाणिज्य बैङ्कको छ महिना : प्रभुले धेरै नाफा कमाउँदा एनआईसीको ९२ प्रतिशतले घट्यो

काठमाडौं । वाणिज्य बैङ्कहरूले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरणअनुसार वाणिज्य बैङ्कहरूको समग्र नाफा ४ दशमलव ६६ प्रतिशतले घटेको छ ।

तथ्यांकअनुसार गत वर्षको तुलनामा नौ वाणिज्य बैङ्कको नाफा घटेको छ भने १० बैङ्कले आफ्नो नाफा बढाएका छन् त्यस्तै, माछापुच्छ्रेले लगभग आफ्नो नाफालाई स्थिर राखेको छ ।

गत आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा बैङ्कहरूले २८ अर्ब ७० करोड रुपैयाँ नाफा कमाएका थिए भने यस वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा बैङ्कहरूले २७ अर्ब ३६ करोड मात्र नाफा कमाएका छन् ।

नाफा बढाउने बैङ्कहरू 

समीक्षा अवधिमा १० बैङ्कको नाफा बढेको छ । जसमा नम्बर वानमा रहेको छ, प्रभु बैङ्क । प्रभु बैङ्कले समीक्षा अवधिमा ८५ प्रतिशत नाफा बढाएको छ ।

प्रभुपछि नाफा धेरै बढाउन सफल भएका बैङ्कमा एनआईएमबी, ग्लोबल आईएमई, एनएमबी, एभरेस्ट, लक्ष्मी सनराइज र नेपाल एसबिआई बैङ्क रहेका छन् । त्यस्तै, सानिमा, नबिल, हिमालय बैङ्कले पनि आफ्नो नाफा बढाएका छन् । उता माछापुच्छ्रे बैङ्कको भने नाफा स्थिर रहेको छ ।

नाफामा गिरावट आउने बैङ्कहरू

समीक्षा अवधिमा सर्वाधिक नाफा घट्ने बैङ्कमा एनआईसी एशिया रहेको छ । जसको लोन लस प्रोभिजन भारी दरमा बढेको छ । सो बैङ्कको नाफा ९२ प्रतिशतले घटेको छ । एनआईसी एसियापछि नाफा उच्च दरले घट्ने बैङ्कमा कुमारी, राष्ट्रिय वाणिज्य र सिद्धार्थ छन् ।

त्यस्तै, कृषि विकास बैङ्क, नेपाल बैङ्क, सिटिजन्स बैङ्क, नेपाल बैङ्क, प्राइम कमर्सियल बैङ्क र स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको पनि नाफा घटेको तथ्याङ्कले देखाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register