इजरायलमाथि इरानको जवाफी आक्रमण, १०० भन्दा बढी ड्रोन प्रहार

काठमाडौं । इरानले इजरायलमाथि जवाफी आक्रमण सुरु गरेको छ । इजरायल डिफेन्स फोर्सेस (आईडीएफ)का प्रवक्ता ब्रिगेडियर अफी डेफ्रिनले इरानले १०० भन्दा बढी यूएभी ड्रोन प्रहार गरेको जानकारी दिए । बीबीसीकाअनुसार उनले इजरायली आक्रमणमा इरानी सेनाका प्रमुख, इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी)का कमाण्डर र इरानको आपतकालीन कमाण्डका कमाण्डर मारिएको बताए । इरानको सरकारी सञ्चारमाध्यमले पनि […]

Jun 13, 2025 - 07:43
 0
इजरायलमाथि इरानको जवाफी आक्रमण, १०० भन्दा बढी ड्रोन प्रहार

काठमाडौं । इरानले इजरायलमाथि जवाफी आक्रमण सुरु गरेको छ ।

इजरायल डिफेन्स फोर्सेस (आईडीएफ)का प्रवक्ता ब्रिगेडियर अफी डेफ्रिनले इरानले १०० भन्दा बढी यूएभी ड्रोन प्रहार गरेको जानकारी दिए ।

बीबीसीकाअनुसार उनले इजरायली आक्रमणमा इरानी सेनाका प्रमुख, इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी)का कमाण्डर र इरानको आपतकालीन कमाण्डका कमाण्डर मारिएको बताए ।

इरानको सरकारी सञ्चारमाध्यमले पनि इजरायली आक्रमणमा आईआरजीसी प्रमुख हुसेन सलामीको मृत्यु भएको जानकारी दिएको छ।

इजरायलले इरानको आणविक स्थल र सैन्य कमाण्डरहरूमा आक्रमण गरेको दाबी गरेको छ । यसैबीच आक्रमणपछि इजरायलले देशमा आपतकाल घोषणा गरेको छ।

इजरायलले इरानको आणविक कार्यक्रमको मुटुमै हमला गरेको नेतन्याहुको दाबी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register