बेलायतको फेल्थम एण्ड हेस्टनको अध्यक्षमा पहिलोपटक झापाका इन्द्रहाङ लिङ्देन निर्वाचित

झापा, ३० जेठ । झापाका इन्द्रहाङ लिङ्देन पहिलोपटक बेलायतको फेल्थम एण्ड हेस्टन कन्जरभेटिभ एसोसिएसनको क्षेत्रीय अध्यक्ष निर्वाचित हुनु भएको छ । उहाँ कन्जरभेटिभ पार्टीबाट क्षेत्रीय अध्यक्ष निर्वाचित हुनु भएको हो । फेल्थम र हेस्टन निर्वाचन क्षेत्रका ९ वटा वडाको प्रतिनिधित्व गर्दै लिङ्देन क्षेत्रीय अध्यक्ष निर्वाचित हुने पहिलो नेपालीसमेत बन्नु भएको छ । बेटफोन्ट, फुटबल एण्ड [...] The post बेलायतको फेल्थम एण्ड हेस्टनको अध्यक्षमा पहिलोपटक झापाका इन्द्रहाङ लिङ्देन निर्वाचित appeared first on Jhapa Online.

Jun 13, 2025 - 16:36
 0
बेलायतको फेल्थम एण्ड हेस्टनको अध्यक्षमा पहिलोपटक झापाका इन्द्रहाङ लिङ्देन निर्वाचित

झापा, ३० जेठ । झापाका इन्द्रहाङ लिङ्देन पहिलोपटक बेलायतको फेल्थम एण्ड हेस्टन कन्जरभेटिभ एसोसिएसनको क्षेत्रीय अध्यक्ष निर्वाचित हुनु भएको छ । उहाँ कन्जरभेटिभ पार्टीबाट क्षेत्रीय अध्यक्ष निर्वाचित हुनु भएको हो । फेल्थम र हेस्टन निर्वाचन क्षेत्रका ९ वटा वडाको प्रतिनिधित्व गर्दै लिङ्देन क्षेत्रीय अध्यक्ष निर्वाचित हुने पहिलो नेपालीसमेत बन्नु भएको छ ।

बेटफोन्ट, फुटबल एण्ड सोसियल क्लब हलमा मंगलबार सम्पन्न निर्वाचनबाट बिर्तामोड नगरपालिका – ५ का लिङ्देन क्षेत्रीय अध्यक्षमा निर्वाचित हुनु भएको नेपाल तरुण दलका केन्द्रीय सदस्यसमेत रहनु भएको साथी राजेन्द्र उप्रेतीले बताउनुभयो । लिङ्देनको पुर्खौली घर पाँचथर हो । लामो समय बिर्तामोड बस्नु भएको लिङ्देनले यहीँ अध्ययन गर्नु भएको हो । उहाँ डेढ दशक अघि बेलायत जानु भएको साथी राजेन्द्रले सुनाउनुभयो ।

अध्यक्ष निर्वाचित भएसँगै लिङ्देनले २६ जना काउन्सिलरको छनोट गर्नुहुने छ । अध्यक्ष लिङ्देनले आगामी वर्षको स्थानीय चुनावमा लेबर पार्टीसँग प्रतिस्पर्धा गर्नुहुने छ । लेबर सो क्षेत्रमा कन्जरभेटिभ पार्टीको मुख्य प्रतिस्पर्धी मानिन्छ ।

लामो समयदेखि सो पार्टीमा आवद्ध लिङ्देन सन् २०२० देखि २१ सम्म क्षेत्रीय उपाध्यक्ष हुनुहुन्थ्यो ।अध्यक्ष निर्वाचित भएसँगै आफूमा अवसरसँगै चुनौती थपिएको सुनाएको साथी राजेन्द्रले बताउनुभयो । लिङ्देनले आगामी वर्ष हुने स्थानीय निर्वाचनम २६ जना काउन्सिलर छान्नुपर्छ । निर्वाचन क्षेत्रमा सदस्य छान्ने, फन्ड राइजिङ इभेन्ट गर्ने र निर्वाचनबाट धेरै काउन्सिलरलाई निर्वाचित गर्ने लक्ष्य लिङ्देनले राख्नुभएको छ ।

बेलायतमा व्यापार व्यवसाय गर्दै आउनु भएको लिङ्देन लोकतान्त्रिक विचारधारालाई आबद्ध हुनुहुन्छ । नेपाली कांग्रेस निकट उहाँ नेपाली जनसम्पर्क समिति बेलायतका महामन्त्री र कांग्रेसको महासमिति सदस्य समेत हुनुहुन्छ ।

The post बेलायतको फेल्थम एण्ड हेस्टनको अध्यक्षमा पहिलोपटक झापाका इन्द्रहाङ लिङ्देन निर्वाचित appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register