शिवसताक्षीमा कानूनी परामर्श तालिम सुरु

शिवसताक्षी, ३० जेठ । शिवसताक्षी नगरपालिकाको आयोजना तथा शिवसताक्षी मिडिया प्रा.लि.को संयोजन र सहजीकरणमा दुधेमा आजदेखि तीन दिवसीय महिलाहरुका लागि कानुनी परामर्श तालिम सुरु भएको छ । पछाडि पारिएका महिला तथा हिंसामा परेका महिलाहरुलाई लक्षित गर्दै कानुनी जानकारी र परामर्श प्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । तालिमका उद्घाटनका क्रममा बोल्दै नगर उपप्रमुख नरमाया [...] The post शिवसताक्षीमा कानूनी परामर्श तालिम सुरु appeared first on Jhapa Online.

Jun 13, 2025 - 16:42
 0
शिवसताक्षीमा कानूनी परामर्श तालिम सुरु

शिवसताक्षी, ३० जेठ । शिवसताक्षी नगरपालिकाको आयोजना तथा शिवसताक्षी मिडिया प्रा.लि.को संयोजन र सहजीकरणमा दुधेमा आजदेखि तीन दिवसीय महिलाहरुका लागि कानुनी परामर्श तालिम सुरु भएको छ ।

पछाडि पारिएका महिला तथा हिंसामा परेका महिलाहरुलाई लक्षित गर्दै कानुनी जानकारी र परामर्श प्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।

तालिमका उद्घाटनका क्रममा बोल्दै नगर उपप्रमुख नरमाया कार्कीले तालिममा महिलाहरुलाई घरेलु हिंसा, सम्बन्ध विच्छेद, बोक्सीको आरोप, परिवार तथा सम्पत्ति सम्बन्धी कानुनी अड्चन, र महिला अधिकारका विषयमा अभिमुखिकरण गरिनेछ ।

तालिममा नगरका ११ वटै वडाबाट समस्या भोगिरहेका २÷२ जना महिलाहरुको सहभागिता रहेको छ । तालिम असार १ गतेसम्म सञ्चालन हुनेछ ।

पहिलो दिनको तालिममा पत्रकार गोपाल काफ्ले र न्यायिक समिति कर्मचारी नर्वदा दाहालले सहजीकरण गरेका थिए ।
कार्यक्रमको उद्घाटन सत्र वडा नं। ३ का वडाध्यक्ष बहादुर आङ्गबोको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सञ्चार बाटिका अनलाइनका सम्पादक सरोज भट्टराईले गरेका थिए ।

The post शिवसताक्षीमा कानूनी परामर्श तालिम सुरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register