ग्रीनवीचकप फेस्टिभल २१ जुनमा, फुटबलसंगै खाना र लाइभ संगीत आकर्षण

लन्डन- साउथ इष्ट लन्डनमा विगत लामो समयदेखि आयोजना हुंदै आएको ग्रीनवीचकप फेस्टिभल यसपटक अर्को सप्ताहन्तमा हुने भएको छ । नेपाली युथ एशोसिएसन यूकेको आयोजनामा यही २१ जुन शनिबार १२ औं ग्रीनवीचकप फेस्टिभल प्लमस्टिड कमनको क्यामडेल रोडस्थित स्वीङगेट लेन प्लेयिङ फिल्डमा तय छ। आयोजक एशोसिएनका अध्यक्ष लछुमन गुरुङका अनुसार यसपटकको ग्रीनवीचकपमा मुख्य र भेटेरान गरी दुई […]

Jun 13, 2025 - 14:58
 0
ग्रीनवीचकप फेस्टिभल २१ जुनमा, फुटबलसंगै खाना र लाइभ संगीत आकर्षण

लन्डन- साउथ इष्ट लन्डनमा विगत लामो समयदेखि आयोजना हुंदै आएको ग्रीनवीचकप फेस्टिभल यसपटक अर्को सप्ताहन्तमा हुने भएको छ ।

नेपाली युथ एशोसिएसन यूकेको आयोजनामा यही २१ जुन शनिबार १२ औं ग्रीनवीचकप फेस्टिभल प्लमस्टिड कमनको क्यामडेल रोडस्थित स्वीङगेट लेन प्लेयिङ फिल्डमा तय छ।

आयोजक एशोसिएनका अध्यक्ष लछुमन गुरुङका अनुसार यसपटकको ग्रीनवीचकपमा मुख्य र भेटेरान गरी दुई विधामा झण्डै डेढ दर्जन टोलीबीच ९ ए साइड फुटबल प्रतिस्पर्धा हुनेछ। मुख्य विधामा १० र भेटेरानमा ६ टोलीको सहभागिता पक्का भइसकेको छ ।

ग्रीनवीचकपमा मुख्य विधामा विजेतालाई १ हजार ५ सय पाउण्ड र उपविजेतालाई ८ सय पाउन्ड नगदसहितको पुरस्कार दिइनेछ । भेटेरान विधाका विजेताले ५ सय पाउण्ड नगदसहितको पुरस्कार प्राप्त गर्नेछन् ।

ग्रीनवीचकप फेस्टिभलमा फुटबलबाहेक नेपाली खाना र संगीतको पनि विशेष आकर्षण रहनेछ । साउथ इष्ट रिजनल तमुधिं र पासा पुचः गुथि साउथ इष्ट लन्डनले मौलिक परिकारहरुको छुट्टाछुट्टै स्टल राख्दैछन् भने अरु केही रेष्टुरेन्टका पनि स्टल रहनेछन् । साथमा केही व्यापारिक स्टल पनि राखिंदैछ ।

ग्रीनवीचकप फेस्टिभलमा मनोरञ्जनका लागि सांगीतिक कार्यक्रम पनि रहनेछन् । स्थानीय कलाकार तथा ब्यान्डको लाइभ म्युजिकका साथै कार्यक्रम समापन भएपछि आफ्टर पार्टी समेत गरिनेछ ।

ग्रीनवीचकप फेस्टिभलमा प्रवेश निशुल्क छ ।

कार्यक्रममा फुटबल, नेपाली खाना, लाइभ संगीत, व्यापारिक स्टल र आफ्टर पार्टीसहित फेमिली डेआउटका लागि पूर्ण प्याकेज रहेको भन्दै आयोजक नेपाली युथ एशोसिएसन यूकेका तर्फबाट अध्यक्ष लछुमन गुरुङले साउथ इष्ट लन्डन र बेलायतवासी सबै नेपालीहरुलाई उपस्थितिको लागि आव्हान गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register