बेलायतमा पहिलोपटक हस्तकला व्यापार मेला गर्ने तयारी, नेपालबाट आउँदै १५ कम्पनी (भिडियो)

लन्डन- बेलायतमा पहिलोपटक हस्तकला व्यापार मेला हुने भएको छ । नेपाल हस्तकला महासंघको आयोजना तथा बेलायतस्थित खत्री एण्ड को प्रा.लि. को संयोजन तथा व्यवस्थापनमा आउंदो ४ देखि ६ जुलाईसम्म नेपलिज आर्ट एण्ड क्राफ्ट फेयर २०२५ हुन लागेको हो । हेन्ली अन थेम्स् टाउन सेन्टर, अक्सफोर्डसायरमा बिहान १० देखि सांझ ६ बजेसम्म हुने उक्त मेलामा नेपालबाट […]

Jun 13, 2025 - 15:07
 0
बेलायतमा पहिलोपटक हस्तकला व्यापार मेला गर्ने तयारी, नेपालबाट आउँदै १५ कम्पनी (भिडियो)

लन्डन- बेलायतमा पहिलोपटक हस्तकला व्यापार मेला हुने भएको छ ।

नेपाल हस्तकला महासंघको आयोजना तथा बेलायतस्थित खत्री एण्ड को प्रा.लि. को संयोजन तथा व्यवस्थापनमा आउंदो ४ देखि ६ जुलाईसम्म नेपलिज आर्ट एण्ड क्राफ्ट फेयर २०२५ हुन लागेको हो ।

हेन्ली अन थेम्स् टाउन सेन्टर, अक्सफोर्डसायरमा बिहान १० देखि सांझ ६ बजेसम्म हुने उक्त मेलामा नेपालबाट १५ कम्पनीले आफ्ना उत्पादन विक्री वितरण गर्ने तय भएको यूके कोअर्डिनेटर खत्री एण्ड को प्रा.लि. का निर्देशक गम्भीरराज खत्रीले बताए ।

खत्रीले संसारमै पहिलोपटक वृहत रुपमा हुन लागेको नेपाली हस्तकला व्यापार मेला ‘बीटुबी’ र ‘बीटुसी’ कन्सेप्टमा गर्न लागिएको बताए ।

खत्रीका अनुसार नेपाली खाना, पर्यटन, कला संस्कृति र हस्तकला प्रवर्धन गर्न आयोजित मेलामा नेपालबाट आउने १५ वटा फरक कम्पनीले परम्परागत हस्तकला एवं शिल्पकला सामग्रीका स्टल राख्नेछन् ।

मेलामा मूर्तिकला, फेल्टका उत्पादन, पस्मिना, नेपाली ढाका, ऊनीका कपडा, सिङ्गीङ बल, चांदीका गरगहना, काष्ठकलाका सामग्री, मेटल क्राफ्ट, टेक्सटायल, नेचुरल फाइबर, रुद्राक्ष, थान्का, नेपाली हाते कागज लगायत सामग्रीका स्टल रहने नेपाल हस्तकला महासंघका सल्लाहकार चित्र केसीले जनाए ।

व्यापार मेलाबाट उत्पादनहरु खरिद विक्री वितरणका साथै पर्यटन प्रवर्धन र नेपाली उत्पादनको आयात समेत वृद्धि हुने अपेक्षा राखिएको छ ।

हेन्ली एण्ड थेम्समा त्यही बेला बोट रेसिङ इभेन्ट हुने भएकाले त्यसमा सहभागी हुन आएका संसारभरका मानिस समेत हस्तकला मेलामा आउने आशा आयोजकलाई छ ।

उक्त मेलाका लागि लन्डनस्थित नेपाली दूतावास, एनआरएनए यूके, ग्रेटर रेडिङ नेपलिज सोसाइटी, पासा पुचः गुथि यूके सहित व्यवसायिक फर्महरु र संघसंस्थाहरुको पनि सहयोग रहनेछ ।

‘पहिलोपटक हुन लागेकाले चुनौतिपूर्ण पक्कै छ’, इभेन्ट संयोजक खत्रीले भने, ‘हामीले बेलायतपछि अन्य देशहरुमा समेत यस्तै खालका मेला गर्ने सोच बनाएकाले यो हाम्रा लागि परीक्षा पनि हुनेछ ।’

नेपाली उत्पादनहरुको निस मार्केट भएकाले त्यसलाई बढाउन आफूहरुले निस्वार्थ भावनाले काम गरिरहेको खत्रीले बताए ।

यो मेलामा नेपालीमात्र भन्दा पनि बेलायती कम्पनी र ग्राहकहरुलाई टार्गेट गरिएको छ । ग्रासरुट कष्टमरहरुसंग प्रत्यक्ष साक्षात्कार हुंदा यसको दीर्घकालिन प्रभाव पनि पर्छ, उनले भने ।

केन्द्रिय सल्लाहकार केसीले हस्तकला क्षेत्रले मुलुकमा रोजगारी, उत्पादन, उद्यमशीलता, आत्मविश्वास र निर्यात बढाउने क्षेत्र भएकाले यसलाई विदेशमा प्रवर्धन गर्न सके नेपालको आर्थिक वृद्धिमा समेत टेवा पुग्ने बताए ।

मेलामा खाना तथा सामाजिक संघसंस्थाको समन्वय गरिरहेका व्यवसायी सुवर्ण पाण्डेले नेपाली खाना अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्न मेलाले सहयोग गर्ने अपेक्षा व्यक्त गरे । ‘हामी बेलायतमा झण्डै तीनसय नेपाली रेष्टुरेन्ट सञ्चालनमा छन् भन्छौं । तर, मौलिक नेपाली खानाको प्रचार प्रसार अझ हुन नसकेको परिप्रेक्ष्यमा यस खालका मेलाले धेरै टेवा पुग्न सक्छ’, पाण्डेले भने ।

नेपालमा हस्तकला क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्षरूपमा ११ लाख रोजगारी सिर्जना गरेको छ भने यसले करिब ११ अर्ब रुपैयाँ मूल्यको निकासी र सोही रकम बराबरको आन्तरिक कारोबार गरिरहेको जनाइएको छ ।

कार्यक्रमको अवधारणा र तयारीबारे नेपालीलिंकको भिडियो रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register