इजरायलले इरानमाथि ‘विनाशकारी’ आक्रमणका लागि यही समय किन रोज्यो ?

लन्डन । इजरायलले इरानमाथि गरेको पछिल्लो आक्रमण गत वर्ष गरिएका दुई सैन्य कारबाहीभन्दा बढी व्यापक र विनाशकारी छ । यस आक्रमणले गत वर्ष नोभेम्बरमा लेबनानमा हिजबुल्लाह विरुद्धको आक्रमणमा प्रयोग गरिएको रणनीति अपनाएको देखिन्छ । यसको उद्देश्य इरानको क्षेप्यास्त्र अड्डामाथि आक्रमण गर्नु मात्र थिएन, बरु यदि ठूलो बदला लिने आक्रमण भयो भने पनि तुरुन्तै कारबाही गरेर […]

Jun 14, 2025 - 02:50
 0
इजरायलले इरानमाथि ‘विनाशकारी’ आक्रमणका लागि यही समय किन रोज्यो ?

लन्डन । इजरायलले इरानमाथि गरेको पछिल्लो आक्रमण गत वर्ष गरिएका दुई सैन्य कारबाहीभन्दा बढी व्यापक र विनाशकारी छ ।

यस आक्रमणले गत वर्ष नोभेम्बरमा लेबनानमा हिजबुल्लाह विरुद्धको आक्रमणमा प्रयोग गरिएको रणनीति अपनाएको देखिन्छ ।

यसको उद्देश्य इरानको क्षेप्यास्त्र अड्डामाथि आक्रमण गर्नु मात्र थिएन, बरु यदि ठूलो बदला लिने आक्रमण भयो भने पनि तुरुन्तै कारबाही गरेर इरानको यो क्षमतालाई नष्ट गर्न सकियोस् भन्ने कुरा सुनिश्चित गर्नु पनि थियो ।

गत वर्ष नोभेम्बरमा इजरायलले हिजबुल्लाहविरुद्ध अभियान सुरु गर्दा यसको उद्देश्य यस संगठनका नेताहरूलाई मार्ने थियो ।

इरानबाट प्राप्त इजरायली आक्रमणको फुटेजले बेरुतका दक्षिणी उपनगरहरूमा पहिलेका भवनहरू जस्तै उही भवनहरूमा आक्रमण गरिएको देखाउँछ ।

यस्तै आक्रमणमा हिजबुल्लाह नेता हसन नसरल्लाहको मृत्यु भएको थियो ।

नेतन्याहुले किन भने यो अपरेशन धेरै दिनसम्म चल्नेछ ?

इजरायलले कुनै पनि प्रमुख इरानी नेताको हत्या गरेको छैन । यसले इरानका सर्वोच्च नेता अली खामेनीलाई पनि निशाना बनाएको छैन ।

तर सैन्य कारबाहीको प्रारम्भिक घण्टामा इरानको शक्तिशाली रिभोलुसनरी गाड्र्सका कमाण्डर हुसेन सलामी र देशका धेरै शीर्ष आणविक वैज्ञानिकहरूको हत्याले इरानको शासक वर्गलाई ‘अभूतपूर्व धक्का’ दिएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यस्तो अपरेशन धेरै दिनसम्म चल्न सक्ने बताएका छन् ।

यस्तो अवस्थामा इरानबाट अझ बलियो प्रतिक्रिया आउने सम्भावना देखिन्छ । गत वर्ष इजरायलमाथि आक्रमण गर्दाको भन्दा पनि बढी बलियो ।

तर अब इरानलाई बदला लिने आक्रमण गर्न गाह्रो हुन सक्छ ।

सायद यो महसुस गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यो लडाइँलाई तीव्र पार्न आदेश दिएका हुन सक्छन् ।

आक्रमणका लागि यही समय रोज्नुको कारण

अहिले नेतन्याहुले किन अहिले इरानमाथि आक्रमण गर्ने निर्णय गरे भन्ने सवाल उठेको छ । यद्यपि उनी लामो समयदेखि यसको वकालत गर्दै आएका छन् ।

अपरेशन सुरु भएको केही समयपछि जारी गरिएको एक विज्ञप्तिमा उनले यो इजरायलको अस्तित्वको प्रश्न भएको बताएका थिए ।

यदि इरानले आणविक बम विकास गरेमा इजरायलको अस्तित्व खतरामा पर्न सक्ने नेतन्याहु धेरै वर्षदेखि तर्क गर्दै आएका छन् ।

यो अवस्थालाई प्रतिबिम्बित गर्दै एक वरिष्ठ इजरायली सैन्य अधिकारीले इरानसँग केही दिनमा १५ वटा आणविक बम बनाउन पर्याप्त सामग्री रहेको जानकारी रहेको बताएका छन् ।

इजरायलले इरानमाथि गरेको आक्रमणमा अन्य केही कारकहरूले पनि भूमिका खेलिरहेका हुन सक्ने सम्भावना रहेको विश्लेषण गरिएको छ ।

यसैबीच आइतबार इरान र अमेरिकाबीच आणविक सम्झौताको बारेमा वार्ता छैटौं चरणमा पुग्नेछ ।

यद्यपि, यस विषयमा कति प्रगति भएको छ भन्ने बारेमा परस्पर विरोधी संकेतहरू देखिएका छन् ।

तर यो नेतन्याहुका लागि एउटा महत्त्वपूर्ण अवसर हो । यदि सम्झौता सही देखिएन भने उनले त्यो हुन दिने छैनन् ।

सैन्य दृष्टिकोणबाट हेर्ने हो भने इरान मात्र होइन, उसको पक्षमा लडिरहेको हिजबुल्लाह पनि कमजोर भएको नेतन्याहुका सल्लाहकारहरूले महसुस गरेको हुनुपर्छ । उनीहरू पहिलेजस्तो खतरनाक छैनन् भन्ने अनुमान गरेको हुनुपर्छ ।

इजरायलको अनुमान सही साबित भयो वा गलत, यो त आउने दिनहरूले प्रकट गर्नेछन् ।

इजरायलले इरानमाथि शुक्रबारदेखि आक्रमण जारी राखेको छ । -कलेक्टिभ न्युजरुमद्वारा बीबीसीका लागि प्रकाशित

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register