भिजिट भिसामा मनिष झा : इधर उधर की न बात कर, काफिले क्यूँ लुटे?
काठमाडौं । भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले संसदमा उर्दू कविता वाचन गर्दै सरकारलाई प्रश्न गरेका छन् । प्रतिपक्षी दलहरूमध्ये नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले संसद् खोल्न सहमति जनाएपछि रास्वपाले आफूहरूको आन्दोलन जारी रहेको स्पष्ट पारेको छ । पार्टीले भिजिट भिसा प्रकरणमा […]

काठमाडौं । भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले संसदमा उर्दू कविता वाचन गर्दै सरकारलाई प्रश्न गरेका छन् ।
प्रतिपक्षी दलहरूमध्ये नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले संसद् खोल्न सहमति जनाएपछि रास्वपाले आफूहरूको आन्दोलन जारी रहेको स्पष्ट पारेको छ । पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग निरन्तरता दिने बताएको छ ।
संसदीय बहसका क्रममा सांसद झाले उर्दु भाषाको प्रसिद्ध शेर उद्धृत गर्दै सरकारको नेतृत्वमाथि प्रश्न उठाए । उनले भने:
“तु इधर उधर की न बात कर, ये बता कि काफिले क्यूँ लुटे
तिरी रहबरी का सवाल है हमे राहजन से गरज नही”
यो उर्दू शेरको नेपाली अर्थ यस्तो छ: ‘तिमी यता उता की कुरा नगर, यो भन कि काफिलाहरू किन लुटिए? तिम्रो नेतृत्वको प्रश्न छ, हामीलाई डाँकुहरूसँग गुनासो छैन ।’
झाले भिजिट भिसा प्रकरणमा मुख्य जिम्मेवार को हो भन्ने कुरामा उच्च स्तरीय छानबिन समितिको माग गरेका छन् । उनले कुनै छानबिन समितिको गठन गर्ने विषयमा सरकारले कुनै पनि बहाना बनाएर छल्न नपाउने दृढता व्यक्त गरे ।
झाले आफ्नो भनाई राखेपछि संसद् बैठकमा गृहमन्त्री रमेश लेखकलाई बोल्न सभामुखले समय दिएका थिए । लेखक बोलिरहँदा रास्वपाका सांसदहरूद्वारा वेल घेराउ गरेका छन् ।
What's Your Reaction?






